नेपालमा कोरोना संक्रमितको संख्या १२० पुग्यो


काठमाडौँ ।

आज पुनः दश जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कपितवस्तुकाे यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७ र वडा नम्बर १० निवासी दश जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
उनीहरू सबै १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका र एक जनाकाे उमेर पहिचान हुन नसकेका पुरुष रहेका छन्।
उहाँका अनुसार उनीहरूकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैँको प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा १२० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उहाँले जानकारी दिनुभयो ।