ऐच्छिक रुपमा संस्कृत भाषा स्वागतयोग्य– किराती


न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टीका युवा नेता मिलनकान्छा किरातीले भाषा आयोगमार्फत सरकारले पठनपाठनको तयारी गरेर ल्याउन लागेको संस्कृत भाषालगायत पाली, भोट र अन्य मातृभाषाहरु ऐच्छिक विषयको रुपमा स्वागतयोग्य रहेको बत्ताएका छन् ।

तर, संस्कृत भाषा अनिवार्य विषय बनाउन लागेको हो भने किमार्थ मान्य नहुने निर्णय बहिष्कार गरिनेसमेत बत्ताए ।
उनले भने– ‘कुनै पनि एक समुदायको भाषालाई अरु समुदायहरुमाथि थोपर्दा सरासर अन्याय हुनजान्छ । अरु समुदायका व्यक्तिहरुले स्वेच्छाले अध्यायन गर्नु अर्कै कुरा हो । तर, अनिवार्य गर्नु अन्याय हो ।’ उनले आधुनिक युगमा यस्तो हर्कत नटिक्नेसमेत बत्ताए ।

सबैको पहिचानलाई स्वीकार गर्नुपर्ने, सबैको अस्तित्वको सम्मान गर्दै समतामुलक समाज निर्माण गर्न जुट्नुपर्ने, राष्ट्रिय एकता कायम गर्नुपर्ने उनको धारणा थियो । कोरोना सन्त्रासले आक्रान्त यस्तो बेलामा सरकारले जनता जोगाउन छाडेर कुर्सी जोगाउने अनेक घृणित खेलमा लागेकामा अत्यान्त दुःखसमेत व्यक्त गरे ।

आफ्नै माटो लिपुलेकमा छिमेकीले सडक निर्माण गरेर मोटर गुडाउदासम्म पनि थाहा नपाउनु, प्रवासका विभिन्न मुलूकमा अलपत्र नेपाली नागरिकहरु स्वदेश फर्काउन कुनै व्यवस्था नगरी मौन बस्नु कुनै अनौठो कुरा नरहेको, सरकारको योग्यता र विशेषता नै यहि यस्तै रहेकोले आम नेपालीलाई धैर्यधारण गर्न र सुरक्षित रहनसमेत अपिल गरे ।