गृहमन्त्री थापा- ‘सीमा विवादको समाधान कूटनीतिक तहबाटै गर्नुपर्छ’


न्युज अफ नेपाल, काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाले भारतले ४ सय वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमण गरेको बताएका छन्। संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा आइतबार बोल्दै उनले ६ दशकदेखि नै नेपाली भूमिमा भारतले अतिक्रमण गर्दै आएको बताए।

गृहमन्त्री थापाले भने- ‘सीमा विवादको समाधान कूटनीतिक तहबाटै गर्नुपर्छ।’ भारतले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाएकाे विषयमा छलफलका लागि समितिमा डाकिएका गृहमन्त्री थापाले भारतले मानसरोवर जाने बाटो उद्घाटन गरेपछि नेपाल फेरि तरंगित भएको तर यो नयाँ समस्या नभएकाे  बताए।

गृहमन्त्री थापाले भूभाग फिर्ता गर्न र भारतीय सेना फर्काउन सरकारका तर्फबाट भारत सरकारलाई ध्यानाकर्षण गराइसकेको जानकारी दिए।
‘मानसरोवर जाने बाटोको बारेमा सरकारले विरोध जनाइसकेको छ। हामीले याे समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्छ भन्दै आएका छौं।’ -गृहमन्त्री थापाले भने ।

उनले भारतले अतिक्रमण गरेको लिपुलेक क्षेत्रमा नेपाली सुरक्षा निकाय तैनाथ गर्ने र बाटो निर्माण कार्य चलिरहेको जानकारी दिए।