प्रशिक्षणमा फर्किए बार्सिलोनाका खेलाडी, सावधानी अपनाउनुपर्ने

0
Shares

मेड्रिड, (एजेन्सी) ।

ला लिगाको शीर्ष टोली बार्सिलोना खेलाडी व्यक्तिगत रुपमा प्रशिक्षणमा फर्केका छन् । ला लिगाले यसका लागि केही सावधानीहरु पनि सार्वजनिक गरेको छ ।

जसअनुसार खेलाडीले व्यक्तिगत सेसन शुरु गर्न दुई दिन अघि नै परीक्षण गर्नुपर्नेछन् । प्रशिक्षण गर्दा प्रशिक्षक पदाधिकारीमध्ये एक जना साथ हुनुपर्छ । प्रशिक्षण शुरु भएपछि सबै खेलाडी, प्रशिक्षक पदाधिकारी र स्वास्थ्य टोलीले हरेक दिन स्वास्थ्य परीक्षण गर्नुपर्नेछ । यदि कोहीलाई पोजिटिभ नतिजा आएमा उनी र उनीसँग सम्पर्क रहेका सबैले अलग बस्नुपर्छ ।

स्पेनमा कोरोना भाइरसको कारण मर्नेको संख्या पनि २६ हजार नाघेको छ । यस्तो महामारीको समयमा ला लिगा शुरु गर्न लागेको ला लिगाका अध्यक्ष जेभिइर टेबासले बताए । उनले भने– ‘मान्छेको स्वास्थ्य नै सर्वोपरि छ यस्तो कठिन संकटमा, तर हामीले जुनमा फुटबल शुरु हुने र यसै समरमा सिजन समाप्त गर्ने आस गरेका छौं।’

ला लिगामा ११ चरणका खेल बाँकी रहेको स्थितिमा बार्सिलोना शीर्षमा र रियल मेड्रिड दोस्रो स्थानमा रहेका छन् । सोमबारदेखि व्यक्तिगत प्रशिक्षण शुरु गर्ने योजनामा छ । रियलका कप्तान सर्जियो रामोसले बताए– ‘म खेल्न र प्रतिस्पर्धा गर्न लामो समयसम्म पर्खन सक्दिनँ । त्यस्तो जोखिम पनि देखिएको छैन ।’

यस्तै बार्सिलोनाका मिडफिल्डर इभान राकीटिचले बताए कि यो समय नै फुटबलमा संलग्नहरुले अगाडि कदम चाल्ने हो । तर आइबरका खेलाडीहस्ले स्पेनी रेडियो स्टेसनमा वक्तव्य प्रकाशित गरेको छ । उनीहरुले लेखेका थिए– ‘यसले हामीलाई चिन्ता गर्छ कि हामीले मनपर्ने काम गरेर, हामी संक्रमित हुन सक्छौ र हाम्रो परिवार र साथीहरुलाई संक्रमित गर्न सक्छौं।’ सम्पूर्ण जनसंख्याको लागि भयानक परिणामसहित कतै हामीले नयाँ महामारीलाई योगदान गर्न पुग्ला कि ? हरेकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा हो । हामीले यो फेरि खेलाउने निर्णयलाई पछाडि धकेल्ने हो कि ? हामीले ग्यारेन्टी र उत्तरदायित्व चाहेका छौँ ।