मंगलबारदेखि शेयर बजार खुल्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

लकडाउनसँगै बन्द रहेको शेयर बजार आगामी मंगलबारदेखि दैनिक २ घन्टा खुल्ला हुने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आगामी मंगलबारदेखि दैनिक ११ देखि १ बजेसम्म २ घन्टा शेयर कारोबार खोल्न निर्देशन दिएको छ ।

बोर्डले नेप्सेलाई कोरोनाको प्रभाव रहेसम्मको लागि २ प्रतिशतमा सर्किट ब्रेकर लगाउन भनेको छ । बोर्डले नेप्सेलाई प्रारम्भिक कारोबार सत्रमा प्रवेश गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको २ प्रतिशतभन्दा तलमाथि हुन नहुने भन्दै बजार खोल्न निर्देशन दिएको हो ।

यस्तै ब्रोकरले क्लाईन्टलाई भुक्तानी गर्दा अनिवार्य रुपमा विद्युतीय माध्यमबाट गर्नुपर्ने, क्लाईन्टले ब्रोकरलाई भुक्तानी गर्दा सकेसम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डको यो निर्देशनसँगैै लगानीकर्ताले सेलिङ गरेको पैसा ब्रोकरले अनिवार्य रुपमा आईपीएसबाट दिनुपर्ने भएको छ । मेरो शेयरको ईडीआईएसबाट मात्रै सेटलमेन्ट गर्ने अन्यत्रबाट गर्न नपाउने व्यवस्था समेत गरेको छ ।