एक तिहाइ कर्मचारीबाट बैंक सञ्चालन गर्नुपर्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

एक तिहाइ कर्मचारीले मात्र बैंक तथा वित्तीय संस्था आइतबारदेखि खोल्नुपर्ने भएको छ । सरकारले बैंक तथा वित्तीय संस्था एक तिहाई कर्मचारीबाट खोल्न दिने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाका शाखा अब एक तिहाइ कर्मचारीले मात्र सञ्चालन गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै एक तिहाइ कर्मचारीलाई मात्र कार्यालय बोलाएर सेवा सञ्चालन गर्नुपर्ने जनाएको छ । राष्ट्र बैंकको सूचनामा भनिएको छ–‘बैंक तथा वित्तीय संस्थामा रहेका सवारी साधनमा २५ प्रतिशत सवारी साधनले मात्र पास पाउने छन् । यसको लागि बैंकको प्रधान कार्यालयले सवारी नम्बर, सवारी उपभोग गर्नेको नाम तथा समय र स्थान तोकी पत्र कर्मचारीलाई दिनुपर्ने छ । सोहीलाई पास मानिने छ ।’

बैंकिङ सेवामा विद्युतीय कारोबारलाई प्रोत्साहन दिनका लागि केन्द्रीय बैंकले शर्तसमेत राखेको छ । यस्तो शर्त पालना गरेको खण्डमा मात्रै बैंक सञ्चालनमा आउनेछ । सूचनामा भनिएको छ–‘बैंकिङ कार्यालय सञ्चालनको लागि आवश्यक सुरक्षाका सामग्री माक्स, सेनिटाइजर तथा आवश्यक सुरक्षाको प्रबन्ध बैंकले गर्नुपर्ने छ ।’