कोभिड महामारी सकिनासाथ वार्ताः भारत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

भारतीय सरकारका प्रवक्ताले सडक निर्माणलाई लिएर नेपाल सरकारले २७ वैशाखमा जारी गरेको वक्तव्यप्रति ध्यानाकर्षण भएको जानकारी गराउँदै दुवै मुलुक कोरोना भाइरसको महामारीबाट निवृत्त हुनासाथ परराष्ट्र मन्त्री स्तरमा वार्ता हुने जानकारी गराएका छन् ।

‘यस्ता विवादको समाधानका लागि परराष्ट मन्त्री स्तरीय संयन्त्र बनेको छ, हामी छिटै वार्ताको मिति निर्धारण गर्छौं’ भारतीय सरकारका प्रवक्ताले भने भन्दै भारतीय मिडिया सेन्टरले जानकारी गराएको छ ।

प्रवक्ताले पत्रकारको प्रश्नको जबाफ  दिंदै भने, ‘हाम्रो उत्तराखण्ड राज्यमा पर्ने पिथोरागढ खण्डको यो सडक भारती भूमिमै बनेको हो, पहिलेको बाटोलाई नै पछ्याउँदै यसको निर्माण भएको हो, यसबाट कैलाश मानसरोवर जाने यात्रु र व्यापारीले लाभ लिने छन् ।’

प्रवक्ताले जतिपनि सीमा सम्बन्धी विवाद छन् सबै दुवै पक्षबाट बनेको संयन्त्रले निवारण गर्ने पनि स्मरण गराएका छन् ।