कोरोना ट्रेसिङ एप आयो


नेपाल समाचारपत्र, काठमाडौं ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बनाएको मोबाइल एप ‘कोभिड–एनपी’ को औपचार शुरुआत गरिएको छ ।

सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्दै आएको आइमार्क प्रालिले कोभिड–१९ नियन्त्रणका लागि सरकारलाई सघाउन निःशुल्क तयार पारेको एपको उपप्रधानमन्त्री ईश्वर पोखरेलले छाउनीमा स्थापना गरिएको सीसीएमसी सञ्चालन केन्द्रमा शनिबार औपचारिक शुरुआत गर्नुभएको हो ।

सम्भावित बिरामीको पहिचान गरी समयमा नै द्रुत स्वास्थ्य परामर्शलगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले उक्त एप प्रयोगमा ल्याइएको हो ।

जो कसैले पनि गुगल प्लेस्टोर तथा एप्पलको एपस्टोरबाट कोभिड एनप्पी नामको उक्त एप डाउनलोड गरी प्रयोग गर्न सक्छन् । एप्पलको एप स्टोरमा केही दिनमा यो एप उपलब्ध हुने जानकारी कार्यक्रममा दिइएको छ ।

यस एपबाट कोभिड–१९ रोगका लक्षण, संक्रमणमणबाट जोगिन अपनाउनुपर्ने सतर्कता, स्वास्थ्य परीक्षणलगायतका विषयमा विस्तृत जानकारी प्राप्त हुनेछ ।

एप डेभलपर कम्पनी आईमार्कले विभिन्न क्षेत्रमा कार्यरत ७० जनाभन्दा बढी प्रविधिक तथा चिकित्सकको योगदानमा एप तयार पारिएको जनाएको छ ।