स्थानीय सरकारको राहत वितरण: खाद्यान्न भन्दा प्रचार धेरै

0
Shares

बासुदेव शर्मा, जाजरकोट ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण वढे सगै सरकारले दुई महिना देखि देशनै लक डाउन गरेको छ । लक डाउन भएसगै मजदुर लगाएत नागरिकहरुलाई हात मुख जोडन समस्या हुदै गएको छ ।

स्थानिय सरकारले राहतको नाममा चामल दाल लगाएत दैनिक अत्यावश्यक वस्तु वितरण गरेपनि त्यतिले नपुग्ने गुनासो गर्दै आएका छन् ।केहि स्थानिय सरकारले वितरण गर्दै आएका छ । केहि प्रक्रियामै अलमलिएका छन् । करिव एक महिना अगाडी एक कठ्ठा चालम दाल, नुन ज्याला मजदुरी गर्ने व्यक्ति पहिचान गरि वितरण गरेका थिए । एक महिना विति सक्दा पाएको राहत सामाग्री सकियो अव के खाने भन्ने चिन्ता परेको छ ।

नागरिकहरुको प्रत्यक्ष सुख दुखमा साथ दिने स्थानिय सरकारले नागरिकको समस्यालाई सम्वोधन गर्न सकेका छैन्न भने प्रदेश र संघिय सरकारले के गर्न सक्लान। भेरी नगरपालिकाले देश लक डाउन भएको ४५ औ दिन पछि शुक्रवार देखी १५ दिनको प्याकेज वनाएर सामाग्री वितरण गर्न लागेको छ ।

नेपाली काग्रेसका युवा नेता मुक्ति प्रसाद आचार्यले ज्याला मजदुरी गर्न नपाउदाँ आगामी दिनमा के गरेर खाने हो भन्ने चिन्ता थपिदै गएको बेला नागरिकको सुख दुखमा मलम पट्टी लगाउने पुर्ण जिम्मा सरकारको भएकोले सरकारले यति वेला लक डाउन अवधिभर पुग्ने खाद्यय सामाग्री दिनु पर्छ नागरिकहरुलाई भोक भोकै वस्न दिनु हुदैननेता आचार्यले भन्नु भयो ।

लक डाउनको समयमा भोक भोकै रहेका नागरिकलाई भोकबाट जोगाउने सरकारको दायित्व भएकोले विकास निर्माणका योजनाहरु थाति राख्दै नागरिकलाई वचाउनु पर्ने नेता आचार्यले वताउनु भयो । त्यति वेला नागरिकलाई वचाउनु पर्ने अवस्था आएकोले प्रयाप्त खाद्यय सामाग्री वितरणको लागी आग्रह गर्नु भयो ।

लामो समय लक डाउन थप्दै जाने हो भने कर्मचारीहरुले तलव नपाउने हो की भन्ने कर्मचारीहरुमा शंकाहरु वढ्दै गएको छ । घर भित्रको सवै सकिन लाग्यो लामो समय यहि अवस्था रहने हो भने आफुहरुले पाउनु पर्ने तलव भत्ता नेपाल सरकारले समयमा दिन नसक्ने अवस्था आएपछि भोक भोकै वस्नु पर्ने अवस्था नआउला भन्न सकिदैन शिक्षिका सुरक्षा शाहले चिन्ता व्यक्त गर्नु भयो ।

जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेज विक्रम शाहले स्थानिय सरकारले बीस, पच्चीस किलो चामल दिएर नागरिकहरुको भोक नहट्ने भएकोले ६ महिना सम्म पुग्ने खाद्यय सामाग्री वितरण गर्नु पर्ने वताउनु भयो । नागरिकहरुको लागी जटिल अवस्था आएकोले विकास निर्माणका कामहरुलाई विट मार्दै नागरिकलाई वचाउन लाग्नु पर्ने वताउनु भयो । यस भाईरसको भयावहको अवस्थामा सरकारका सवै पक्षले कोरोना भाईरसका विरुद्ध लाग्नु पर्ने वताउनु भयो ।

केहि समय अघि एक कठ्ठा चामल, दाल नुन, तेल दिएको अहिले उनिहरुले फेरी पनि सकियो अधि दिएको अव नगरले पनि पहिले पाई सकेको भनेर नदिने भनेको छ हामी के खाने भनेर गुनासो गरेको वताउनु भयो । नागरिकहरुको लागी जतिल अवस्था आएकोले विकास निर्माणका कामहरुलाई विट मार्दै नागरिकलाइईइ वचाउन लाग्नू पर्ने कस्तुरी सहकारी संस्थाका अध्यक्ष शत्रुधन कुमार भडेल भनाई रहेको छ ।