पुलित्जर पुरस्कार पाउने पत्रकार चोर हुन् : ट्रम्प

0
Shares

वासिंगटन (एजेन्सी) ।

विश्व इतिहासमा कमै मात्र त्यसता राजनितिज्ञ तथा नेता होलान् जसले आफनो शासनकाल र राजनितिक जीवनमा पत्रकारसँग लगातार वैमनस्यता मोले । यो पंक्तीमा सबैभन्दा ससक्त रुपमा देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफनो कार्यकालको सुरुवाट देखि नै पत्रकारहरु प्रति अत्यन्तै नकारात्मक र आक्रामक रहे ।

अब्राहम लिंकन, जर्ज बर्नाड जस्ता इतिहासका ससक्त नेताहरुले पनि पत्रकारसँग त्रसित रहेको अभिब्यक्ती दिएका थिए । तर आफुलाई सधैँ प्रजातन्त्रको मसिहा ठान्ने अमेरिकाकै राष्ट्रपति ट्रम्प भने पत्रकारहरु प्रति सधैँ सत्रुतापुर्ण ब्यवहार मै देखिए ।

हालै मात्र पत्रकारितामा नोबेल पुरुस्कार मानिने पुलित्जर पुरस्कारबाट सम्मानित अमेरिकी पत्रकारलाई ट्रम्पले चोरको संज्ञा दिँदै पुरस्कार फिर्ता गर्नु पर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले रुसी जाँचको समाचार कवरेज गरेकोमा पुलित्जर पुरस्कार जीतेका समाचार पत्रलाई पत्रकारिताको सर्वोच्च सम्मान फिर्ता गर्नु पर्ने बताएको हो । ह्वाइट हाउसको ओवल अफिसमा संवाददाताहरुलाई ट्रम्पले भने – ‘उनीहरु पत्रकार होइनन् । चोर हुन् । उनीहरु सबै पत्रकार जसलाई हामी पुलित्जर पुरस्कारसँग देखेका छौं । उनीहरुलाई पुरस्कार फिर्ता गर्न बाध्य पार्नु पर्छ, किनभने उनीहरु सबै गलत थिए ।’

अमेरिकी राष्ट्रपतिले भने – ‘ तपाईहरुले आज देखिसक्नु भएको छ र दस्तावेज अगाडी आइरहेका छन्, जसले रुससँग कुनै मिलिभगत छैन भन्ने बताइरहेको छ ।’

उनले यो कुरा भनिरहँदा न्याय मन्त्रालयले ट्रम्पका पुर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल माइकल फिनको अभियोजना समाप्त गर्ने कुरा बाहिर ल्याएको थियो ।

ट्रम्पले जोड दिँदै भने – ‘पुलित्जर पुरस्कार फर्काउन पर्छ किनभने तपाईहरुलाई थाहा छ त्यो गलत कामका लागि दिएको हो । सबै फर्जी समाचार थिए । ती पुलित्जर पुरस्कार तत्काल फर्काउनु पर्छ र पुलित्जर समिति वा जसले पनि यो पुरस्कार दिन्छ, उनीहरुका लागि लज्जास्पद कुरा हो । उनीहरुले पुलित्जर पुरस्कार ती समाचारका लागि पाए, जुन समाचार नै गलत भएको छ ।’

पुलित्जर पुरस्कार सही समाचार दिएकाहरुले पाउनु पर्ने र आफुले उनीहरुको नामको लामो सुची दिनसक्ने ट्रम्पले बताए । फ्लिन निर्दोष ब्यक्ती र भद्र पुरुष भएको र उनलाई ओबामा प्रशासनले निसाना बनाएको उनले बताए । राष्ट्रपतिलाई तल खसाल्ने प्रयासमा उनलाई निसाना बनाउने प्रयास भएको, जुन आफैमा लज्जास्पद भएको र त्यसको ठुलो मुल्य चुकाउनु पर्ने आफुलाई लागेको ट्रम्पले बताए ।