एनपिएल समाजद्वारा धुलिखेल अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री अभाव भईरहेका बेला एनपिएल समाज कल्याण संघले धुलिखेल अस्पताललाई केहि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । नेपाल सरकारले धुलिखेल अस्पताललाई कोरोना परिक्षण गर्ने प्रयोगशालाका रुपमा विकास गरेको छ ।

एनपिएल समाज कल्याण संघका स्वास्थ्य संयोजक डा. अनिश गोर्खालीले विपद्मा स्वास्थ्य सामाग्री उपलब्ध गराउन पाउँदा दायित्व र जिम्मेवारीबोधलाई अझै बढाएको महसुस भएको बताउनु भयो । धुलिखेल अस्पतालका प्रमुख प्रशासकिय निर्देशक डा. रमेश माकजुलाई गोर्खालीले स्वास्थ्यकर्मीहरुलाई चुनौती र अवसर दुबै भएकाले यसबाट बचेर राष्ट्र र नागरिक प्रतिको दायित्व निभाउन स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताउनु भयो । सोहि अवसरमा डा. माकजुले विपद्मा स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा गोर्खाली लगायत एनपिएल समाजलाई धन्यवाद दिदै स्वास्थ्यकर्मीहरुका लागि चुनौती रहेको बताउनु भयो । संख्याका आधारमा थोरै उपचार गरेको देखिए पनि खर्च धेरै भएको बताउँदै नागरिकहरुको सुरक्षाका लागि अस्पतालले विशेष ध्यान दिएको बताउनु भयो ।

सोहि अवसरमा काठमाडौ विश्वविद्यालयका डा. पन्ना थापाले विश्वब्यापी फैलिएको महामारी रोक्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनु भएको थियो । एनपिएल समाजले धुलिखेल अस्पतालका लागि १ सय थान पिपिई आईसोलेसन ग्राउन, १ सय थान एन नाईन्टी फाईभ माक्स, २५ थान गगल्स र २५ थान फेस शिल्ड हस्तान्तरण गरेको छ ।

कार्यक्रममा एनपिएल समाजकी निश्मा बज्राचार्य लगायतले स्वास्थ्य सामाग्री उपलब्ध गराउनस सामाजिक उत्तरदायित्व भएको बताएका थिए । धुलिखेल अस्पतालमा विभिन्न क्षेत्रबाट स्वास्थ्य सामाग्री उपलब्ध हुँदै आएको र तिनै सामाग्रीहरुबाट सेवा प्रदान गरिरहेको निर्देशक डा. रमेश माकजुले बताउनु भयो ।