बहालमा बस्नेको अनिवार्य आरडीटी परीक्षण गराउन घरधनीलाई निर्देशन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

चन्द्रागिरी नगरपालिका वडा न १५ ले घरधनिहरुलाई आफ्नो घर बहालमा बसेका सबैको कोरोना परीक्षण गराएर मात्र घरमा प्रवेश गर्न दिन निर्देशन दिएको छ ।

बहालमा बसेका र उपत्यका बाहिरबाट आएका सबैको टेकु अस्पतालमा आरडीटी परीक्षण गराएर रिपोर्ट आएपछि मात्र घरमा प्रवेश गर्न दिन वडाध्यक्ष उत्तम बहादुर राउतले जनाएका छन् ।

यस्तै, परीक्षणको सबै रिपोर्ट वडा कार्यालयमा जानकारी गराउन भनिएको छ । कुनै पनि घरबेटीले परीक्षणको रिपोर्टका बारेमा जानकारी नगराएमा आवश्यक कारवाही समेत गरिने राउतले जनाएका छन् ।