गाउँपालिका अध्यक्ष र मुख्यमन्त्री भट्टबीच भिडियो कन्फरेन्स

94
Shares

दयाराम पण्डित, बाजुरा ।

बाजुराको सर्बाधिक दुुर्गम मानिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले शुक्रबार (आज ) दिउसो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसंग भिडियो कन्फरेन्स गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ। उनी ईतिहासमै पहिलो पटक टिनको छाप्रो मुनिको गाउँपालिकाको कार्यालय धुलाचौरवाट आफ्नै पर्देशका मुख्यमन्त्री भट्टसंग कुरा गर्न पाएकोमा खुशी पनि छन् । सूचना र प्रविधीले सुगम र दुुर्गमतावीचको अन्तर पुरेको अध्यक्ष मल्लले बताउनुुभयो ।

गाडी इन्धन तथा जनप्रतिनीधी रजनशक्तीसहित लिएर धनगढीको खर्च सिरोधार गर्नु पथ्र्यो । त्योभन्दा त कार्यालय बाटै दोहोरो सम्वाद गरी आफ्ना मागहरु राख्न पाएकोमा भिडियो कन्फ्रेन्स अत्यन्त उपयोगी भएको अध्यक्ष मल्लले बताउनुभएको छ। विश्वमा कोरोन संक्रमणले च्यापेको बेला सूचना प्रविधी सञ्चारको मुख्य हतियार भएको उहांको बुुझाई छ ।

भिडियो सम्मेलनमा कोरोनाविरुद्ध स्वास्थ्य सामाग्री तथा बजेट ब्यबस्थापन गर्न अनुरोध गरेको बताउनुुभयो । कोरोनाले आक्रान्त पारेको जनजीवनमाथि उकास्न प्रदेश सरकार संग ठोस नीति कार्यक्रम तथा वजेटको अपेक्षा मुख्यमन्त्री समक्ष राखेका छन् ।

हिमाली गाउँपालिकाले हाल सम्म गरेका क्रियाकलाप र भावी योजना तथा गाउँपालिकाका सम्भावित प्रस्तावित योजना बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुुभएको छ । संविधानतः ब्यबस्था भए अनुसार हिमालीमा १५ सैयाको अस्पतालका लागि ५० प्रतिसत स्थानीयतहले ब्यबस्था गरेमा ५० प्रतिसत रकमप्रदेश सरकारले अनुदान दिन आगामी बजेटको ब्यबस्थापन गरिने मुख्यमन्त्री भट्टले जानकारी गराएको बताउनुुभयो । तिन/चार सयको हुलमा आफ्ना कुरा राख्नै पाईदैन थियो भिडियो कन्फ्रेन्स गर्दा मज्जाले कुरा राख्नपाईयो अध्यक्ष मल्लले भन्नुुभयो ।

त्यसैगरी मुख्यमन्त्री संगको कन्फरेन्समा खप्तड क्षेडेदह गाउँपालिकाका अध्यक्ष नरवहादुर रावत ले पनि आगामी वर्षको नीति तथा कार्यक्रम , आगामीको बजेट र कोरना भाइरसको रोकथाम तथा उपचार र राहात वितरण लगायतका बिबिध विषयका बारेमा छलफल भएको कुरा सामाजिक सञ्जालमा पोष्ट गर्नुभएकोछ ।

बुढीगंगा नगरापालिकाका नगरप्रमुख दिपक शाहले पनि सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्दै ‘आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टज्यूसंग आगामी बर्षको बार्षिक नीति, कार्यक्रम र बजेटका बिषयमा बाजुराका स्थानीयतहको छलफल भयो। ‘कोरोना संक्रमणको रोकथाम, नियन्त्रणका साथै राहत बितरणका सम्बन्धमा पनि छलफल गरियो। देशभित्र र बिदेशमा अलपत्र परेका नेपाली नागरिकका बिषयमा जानकारी गराउदै भारतमा रहेका नेपाली दाजुभाईलाई सरकारको अनुभूति गराउनका लागि संघीय सरकारसंग समन्वय गरी घरमाल्याउने र प्रदेश सरकारले क्वारेन्टाइनको ब्यबस्थापन गर्न पहल गर्नुपर्ने सुझाब दिएको छु।,’ नगरप्रमुख शाहले आफ्नो फेसबुक पेजमा पोष्ट गर्नु भएको छ।

बाजुराका नौ वटै स्थानीयतह मध्ये सात वटा स्थानीय तहका प्रमुखले मुख्यमन्त्री संगको भिडियो कन्फ्रेन्समा सहभागी थिए । बुढिनन्दा नगरपािलका र जगन्नाथ गाउँपालिकाका प्रमुख भने उक्त कन्फरेन्समा उपस्थित नरहेको बताइएको छ।

सुदुरपश्चिम प्रदेश सरकारले आगामी नीति कार्यक्रम तथा वजेटका सन्दर्भमा स्थानीय तहका प्रमुख संग सुुझाब माग्न विडियो कन्फ्रेन्सको आयोजना गरेको बताइएको छ। ‘कोरोना संक्रमण वाट बच्नका लागि यो प्रविधी प्रयोग गरेको हो । प्रविधीको प्रयोग गर्दा खर्च पनि कम अनि सबैले आ–आफ्ना कुरा प नि राख्न पाएका छौं । सुुझाब कत्तिको सम्बोधन हुने नहुने त्यो भने हेर्न बांकी छ ।’ खप्तड क्षेडेदहका अध्यक्ष रावतले भन्नुभयो ।