थप सात जनामा कोरोना संक्रमण भेटिएको पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।