रेडियो सञ्चालकको साझा समूह गठन

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशको राजधानी मकवानपुरमा सञ्चालित रेडियोका सञ्चालकको भेलाले साझा समूह गठन गरेको छ ।

शुक्रबार हेटौंडामा रेडियो बुलेटिनमा भएको छलफलपछि मकवानपुर रेडियो सञ्चालक समूह निर्माण गरी कार्यसमिति चयन गरिएको हो । कार्यसमितिमा रेडियो थाहा सञ्चार सञ्चालक अरुणराज सुमार्गीको नेतृत्वमा मकवानपुरमा सञ्चालित रेडियो सञ्चालकको छाता समूह गठन भएको छ ।

जसमा उपाध्यक्ष अनिलकुमार खाती, सचिव एमपी शर्मा र कोषाध्यक्ष राजु लामिछानेलाई चयन गरिएको छ । मकवानपुरमा सञ्चालित सबै रेडियो सञ्चालक सदस्य रहने गरी समिति बनाइएको सचिव शर्माले बताए ।

उपाध्यक्ष खातीले सबै रेडियोहरुको हितका लागि काम गर्न यसरी संगठित भएको बताउनुभयो । उहाँले कोभिड–१९ को मारमा परेका रेडियोहरुका लागि राहत पुग्ने गरी काम गर्ने पनि प्रतिबद्धता जनाउनुभएको छ ।