सिटिजन्स बैंकद्वारा ढकारी गाउँपालिकाको राहत कोषमा आर्थिक सहयोग

0
Shares

धर्मेन्द्र बि.सी, अछाम ।

ढकारी गाउँपालिकाले स्थापना गरेको कोरोनाभाईरस संक्रमण, रोकथाम तथा उपचार स्थानीय तह प्रकोप ब्याबस्थापन कोषमा सहयोग जुटीरहेको छ । विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाईरसको संक्रमण फैलीन नदिन र विपत प्रतिकार्यका लागी गाउँपालिकाले स्थापना गरेको विपत व्यावस्थापन कोषमा बिभिन्न ठाउँ बाट सहयोग जुटीरहेको छ ।

यसैबिच अछामको ढकारी गाउँपालिकामा रहेको सिटिजन्स बैंक ढकारी शाखाले कोरोना भाईरस रोकथामका लागि ढकारी गाउँपालिकाले स्थापना गरेको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा २५ हजार आर्थिक आर्थिक सहयोग गरेको छ । सिटिजन्स बैंक ढकारी शाखाका कर्मचारी रुपक ठकुल्ला र दुर्गा प्रसाद भाटले ढकारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर वलीलाई २५ हजार बराबरको चेक हस्तान्तरण गनुभएको हो ।

सिटिजन्स बैंकको केन्द्रय कार्यलयको निर्णय अनुसार आज उक्त २५ हजार बराबरको चेक स्थानीय तह प्रकोप व्यवस्थापन कोषमामा जम्मा गरेको सिटिजन्स बैंक ढकारी शाखाका कर्मचारी दुर्गा प्रसाद भाटले बताउनु भएको छ ।

बिश्व भर महामारीको रुपमा फैलिरहेको कोराना भाईरस ९ कोभिड १९ ० को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाले स्थापना गरेको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा सबैले रकम जम्मा गरि सहयोग गरिदिन हुन गाउँपालिकाका अध्यक्ष धन बहादुर बुढाले अनुरोध समेत गर्नुभएका छ ।

गाउँपालिकाले यतिबेला सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखेकाले नगद, अथवा जिन्सी लगायत खाद्यान्न सामग्री वितरणमा दोहोरोपना नपर्ने गरि एकरुपता ल्याउनका लागि गाउँपालिका लाई हस्तान्तरण गरि सहयोग गरिदिन गाउँपालिकाका अध्यक्ष धन बहादुर बुढाले आग्रह गर्नु भएको छ ।