पर्वतबाट रोजगारीमा गएका मजदुर भारतमा अलपत्र , उद्दारका लागि आग्रह

0
Shares

न्युज अफ नेपाल, पर्वत । 

कोरोना भाइरस (कोभिड १९) का पर्वतबाट रोजगारीमा गएका ५० जना भन्दा बढी मज्दुर भारतको दिल्लीमा अलपत्र परेका छन ।
काम गर्दै आएका होटल तथा उद्योगहरू बन्द भएपछि स्थित सकरपुरमा काम गर्ने ५० मजदुर अलपत्र परेका हुन । अलपत्र परेका मजदुरले सरकार संग उद्दारका लागि माग गरेका छन ।

अलपत्र परेका मजदुरमा पर्वतको कुस्मा नगरपालिका १० पिपलटारीका बासिन्दा रहेका छन । उनीहरु संगै कञ्चनपुर, कास्की, काठमाडौं र दार्जिलिङका १/१ मजदुर पनि अलपत्र परेका छन ।

गाँस न बासको अवस्थामा पुग्न लागेका सबै जनाको अवस्था हरेक दिन दर्दनाक बन्दै गइरहेको सोही समूहमा रहेका नवीन कुमार दर्जीले बताउनुभयो । उहाँका अनुसार अधिकांशले वर्षौँदेखि होटल तथा रेष्टुरेन्टहरुमा काम गर्दै आएका थिए भने केहीले विद्युतीय सामग्रीहरू बिक्री गर्ने पसलमा हेल्परको काम गर्ने गरेका थिए।

कोरोना भाइरसको जोखिम बढ्दै जाँदा भारत सरकारले लकडाउन लागू गरेपछि होटेल, रेस्टुरेन्ट तथा विद्युतीय पसल बन्द भएपछि कार्यरत मजदुर तथा कर्मचारी पनि निकालिए। कामबाट निकालिने बेलामा आफूहरुले पाउनुपर्ने पछिल्लो २ महिनाको तलबसमेत नदिइएका कारण दाल र चामलसमेत किनेर खान नसक्ने अवस्था आइसकेको उनीहरूले बताएका छन्। ‘कामबाट निकालिने बेलामा हामीहरूलाई दुई महिनाको तलब पनि दिइएको छैन। न त साथमा नै पैसा छ अब के गरेर पेट पाल्ने होरु प्राण धान्ने कसरी होरु’ सकरपुरकै ई ब्लक १४३ मा बस्ने कविता नेपालीले भन्नुभयो ‘खल्तीमा रुपैयाँ छैन, ओल्लोपल्लोमा मागीअरी चामल मागेर बाँचेका थियौँ, अब यो ब्लकमा बस्ने नेपालीसँग चामल र पैसा सबै सकिएको छ।’

झन्डै ४० दिनदेखि एउटै ‘बिल्डिङ’ मा थुनिएर बसेको र आफूहरू कोहीसँग पनि रासन कार्ड नभएका कारण भारत सरकारले पनि कुनै सुविधा र चासो नदिएको पनि नवीन कुमारको भनाई छ।

आफूहरुको अवस्थाबारे बताउँदै राजदूतावासमा सम्पर्क गर्दा सजिलै फोन नउठेको र उठिहालेमा पनि ‘रेस्पोन्स’ नगरेको पीडितहरूको भनाइ छ। ‘एम्बेसीमा १र२ पटक जसोतसो कुरा हुँदा अर्को नम्बर दिनुभो, अर्कोले अर्को, अर्कोले अर्को नम्बर मात्र दिने रहेछन्। अन्तिममा यो मेरो काम होइन, मबाट यो गर्न सकिन्न भन्दै तर्किए’ नवीन भन्नुहुन्छ ‘२ महिनादेखि कोठाको भाडा तिर्न सकेका छैनौँ, मकानवालाले अब भने घरबाट निकालिदिने भनेको छ। हामीसँग पानी खाने पैसा छैन, भाडा कसरी दिउँरु’ भाडा तिर्न नसक्दा अढाई वर्षे बच्चासहित सबै नेपालीहरू सडकमा बेवारिसे भएर हिँड्नुपर्ने अवस्था आएको उनीहरू बताउँछन्।