स्वावलम्बी बहिरा आवासीय विद्यालयलाई खाद्यान्न सहयोग

94
Shares

न्युज अफ नेपाल, धादिङ ।

बहिरा बालबालिकाहरु मात्र अध्यायन गर्ने स्वाबलम्बी बहिरा आवासिय विद्यालय बन्दाबन्दीको बेलामा खाद्यान्न अभाव भएपछि दाताहरुले सहयोेग हस्तान्तरण गरेका छन् ।

बन्दाबन्दी पछि विद्यालय बन्द भएपनि केही विद्यार्थी घर जान नसकेकोले उनिहरुका लागि आवस्यक पर्ने खाद्यान्न अभाव भएको थियो ।

स्वाबलम्बी बहिरा आवासिय विद्यालय मुरलीभञ्याङलाई वडा कार्यालयबाट ५ बोरा चामल दाल नुन तेल, दिनेश तामाङ्बाट ५ बोरा चामल नुन तेल चिनी चिया, प्रारम्भ एग्रो कम्पनी बाट फर्सी ३० किलोग्राम, आलु गुन्द्रुक अदुवा र समाजसेवी ज्यामरुङ निवासी केशब धमलाबाट ५ बोरा चामल दाल तरकारी नुन तेल प्राप्त भएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले बताउनुभयो ।

स्वाबलम्बी बहिरा आवासिय व्दिालयमा ६५ जना वहिरा विद्यार्थीहरु रहेकोमा १० जना शिक्षक विद्यार्थी बन्दाबन्दीको समयमा समेत विद्यालयको आवासमा बस्दै आएका छन् ।