सांसदकाे कोरोना रिपोर्ट नेगेटिभ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बिहीबार पीसीआर विधिमार्फत कोरोनाको परीक्षण गराएका सांसदको रिपोर्ट नेगेटिभ आएको छ ।

सांसदसहित ४४० जनाको रिपोर्ट नेगेटिभ आएको हो । पीसीआर विधिमार्फत गरिएको कोरोना परीक्षणमा कसैमा पनि संक्रमण देखिएको छैन । आजको राष्ट्रिय सभा बैठकमा हिजो परीक्षण गराएका सांसद मात्रै सहभागी हुनेछन् ।

यस्तै, आज पनि सांसदको नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको छ ।