लकडाउनको मारमा किसान

0
Shares

बासुदेव शर्मा, जाजरकोट । 

कोरोना भाइरस (कोभिड १९) ले विश्वनै आतंकित भएको वेला साना देखि ठुला किसान देखी मजदुरलाई समस्या पर्दै गएको छ । कोरोना भाईरसको रोकथामका लागी भरपर्दो उपाय लक डाउननै प्रभावकारी सिद्ध भएर नेपाल सरकारले देश नै लक डाउन गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन एक ठाँउबाट अर्को ठाँउ आवत जावत गर्न घर देखि वाहिर आउन नपाउने अवस्था आएपछि सवै भन्दा किसानहरु समस्यामा परेका छन् । किसानले खेतवारीको अन्न वाली भित्रयाउन पाएका छैन्न । त्यस्तै तरकारी फलफुल विक्रि वितरण नहुदाँ चिन्तित भएका छन् ।

तरकारी वाली लगाएका किसानले विक्रि वितरण गर्न नपाउदाँ खेतवारीमै कुहिने अवस्था आएको छ । डर त्रासको वातारणमा पनि जिल्ला सदरमुकाम र गाउँ घर तिर विक्रि वितरणको लागी लगे पनि घर घरमा पुगेर सस्तोमा विक्रि वितरण गर्ने गरेका छन् ।

भेरी नगरपालिका ११ का अगुवा कृषक कृष्णकला रोकायाले गत वर्ष तरकारी वजारमा लिएर विक्रि वितरण गरेर छिटै घरमा फर्किने गरेका थियो यस वर्ष कोरोना भाईरसका कारण वजार लगाएत गाउँमा लिन्छौ तर विहान गएर वेलुका फर्किने गरेका छौ उहाले भन्नु भयो ।

तरकारी खेतीबाट गहुँ मकै किनेर खाने गरेका थियौ तरकारी विक्रि वितरण नहुदाँ भोक भोकै रहनु पर्ने अवस्था नआउला भन्न सकिदैन । गत वर्ष एक किलो काक्रा ८० रुपैयामा विक्रि हुन्थ्यो यस वर्ष ४० रुपैयाका दरले दिने गरेका छौ । यो उदाहरण मात्र हो तरकारी गत वर्षको तुलनामा धेरै कम गरेर विक्रि वितरण भएको छ । एक दिन लगे पछि दुई तिन दिन पछि लिने गरेका छौ गत वर्ष प्रत्येक दिन लिन्थौ तरकारी जति पनी विक्रि हुने गरेको थियो ।

लक डाउनका कारण उपभोग गर्ने व्यक्ति वाहिर आउन डराएपछि तरकारी किनमेल ह्रावात्तै घटेको छ अगुवा कृषक रोकायाले वताउनु भयो ।

जाजरकोट सदरमुकामका मुख्य तरकारी व्यापारी सत्यदेव आचार्यले एक क्यारेट तरकारी करिव आधा घण्टामा विक्रि हुन्थ्यो हिजो आज त्यहि एक क्यारेट तरकारी दुई दिन सम्म विक्रि नहुने वताउनु भयो । यसले गर्दा किसान र व्यापारी ठुलो मारमा परेको दुखेसो पोख्नु भयो । विक्रि वितरणमा समस्या आउछ कि भनेर थोरै तरकारी राख्छौ त्यहि पनि विक्रि नभएर दिन भरी कुर्नु पर्छ व्यापारी आचार्य वताउनु भयो ।

दिन भरी पसल खोलेर वस्ने हो भने कोहि संक्रमित व्यक्तिसग आउछ कि भन्ने डरले समय मिलाएर पसल खोल्ने गरेका छौ ग्राहकहरु नआउदा तरकारी विक्रि हुदैन भोली पल्ट फाल्नु पर्ने अवस्था आएको छ । कोरोना कहर सगै लामो समय लक डाउनले गर्दा किसान, व्यापारी र उपभोक्ताहरु ठुलो मारमा परेको उहाले वताउनु भयो । पालिकाका कृषि शाखाहरु पनि किसानसग जनिक भएर काम गर्न नसक्दा समस्या परेको किसानहरुले गुनासो गरेका छन ।