टाइसनसँग भिड्न होलीफिल्ड रिंगमा फर्कने

0
Shares

वाशिंटन, एजेन्सी ।

बक्सिंग लेजेन्ड ईभान्डर होलीफील्डले यदि माइक टाइसन रिंगमा फर्केमा भिड्न इच्छुक रहेको बताएका छन् ।

५७ वर्षीय रिटायर्ड बक्सर होलीफील्डले रिंगमा पुनरागमन गर्न लागेको अन्तराष्ट्रिय सञ्चार माध्यम ’द सन’ मा उल्लेख गरिएको छ । टाइसनले रिंगमा पुनरागमन गर्ने संकेत देखाएकाले उनीसँग खेल्न आफू इच्छुक रहेको होलीफिल्डले बताएका छन । उनले भने,(“च्याम्पियन फर्केको छ, म रिंगमा फर्केको जानकारी गराउन चाहन्छु । म कुनै ठूलो नतीजाका लागि प्रदर्शनी फाइट खेल्नेछु।“

उनले सन २०११ मा करियरको अन्तिम फाइट भिडेका थिए । जहाँ उनले ब्रायन नेल्सनलाई टेक्निकल नकआउटको आधारमा हराएका थिए । तर, त्यसको तीन वर्षपछि मात्र उनले औपचारिक रुपमा सन्यास घोषणा गरेका थिए । यसअघि उनले दुई पटक टाइसनसँग खेलेका छन् । जसमा दुवै पटक उनी बिजेता बनेका थिए । पहिलो पटक उनले टाइसनलाई ११औं राउण्डमा हराउँदै आफ्नो डब्लूबीए च्याम्पियनशिपको उपाधि रक्षा गरेका थिए । त्यस्तै, दोस्रो भिड़न्त भने विवादास्पद र चर्चित बनेको थियो । पहिलो खेलमा टाइसन हारेकाले रि-म्याचको रुपमा हेरिएको दोस्रो भिडन्तमा कान टोकेपछि टाइसनलाई अयोग्य घोषित भएपछि होलीफिल्ड विजेता बनेका थिए ।

यता केही दिनअघि मात्र टाइसनले पनि बन्द कोठामा जोशका साथ प्रशिक्षण गरिरहेको भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा उनमा खेलाडी जीवनमा जुन किसिमको जोस र जाँगर थियो त्यहि नै देखिएको छ । एक जना सहयोगीसँग उनी बक्सिङ पन्च हानिरहेका थिए । ुआइरन माइकु उपनाम पाएका टाइसन अझैपनि निकै फुर्तिला देखिएका छन् । खेलाडी जीवनमा सफलतासँगै विवादित पनि बनेका टाइसन एक समय आर्थिक समस्यामा परेका थिए ।

पछिल्लो पटक ब्यवसायमा लागेका टाइसनले अष्ट्रेलियन बक्सरलाई रिङमा उत्रनाका लागि चुनौती दिएका छन् । जसका लागि उनले कडा मेहेनत पनि गरिरहेको जनाइएको छ । उनले आफ्नो तौल पनि घटाएका छन् । पूर्व हेवीवेट च्याम्पियन बक्सर टाइसनले बढ्दो उमेरमा पनि आफ्नो प्रिय खेललाई छोड्न सकेका छैनन् । ५३ बर्षको उमेरमा पनि टाइसनले सक्रिय खेलाडीले जस्तै कडा मेहनत गरिरहेका छन् ।