कुवेतमा एक नेपालीको हृदयघातबाट मृत्यु

0
Shares

दिपेन्द्र गजुरेल, स्पेन ।

संखुवासभा घर भई करिब १८ महिना देखि कुवेतमा कार्यरत ३७ बर्षिय मान बहादुर आलेको हृदयघातको कारण मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार आलेको कुवेतको मेनेजोर (जुलाइया नजिक) कम्पनीको आवास गृहको क्याम्पमै बिहिबार बिहान मृत्यु भएको स्थानिय पत्रकार हरि कृष्ण न्यौपाने बताए ।

नेपाली राजदूताबास कुवेतले नेपाली राहदानी नम्बर ०८५७४८०७ भएका मान बहादुर आलेको हृदयघातका कारण मृत्यु भएको पुष्टि गरेको छ । मृतक आले अल्गानियम इन्जिनियरिङ जनरल कन्ट्याक्टिङ कम्पनीमा काम गर्दै आएका थिए भने कम्पनिले मृतकको राहदानी र परिवारको सम्पर्क नम्बर सहित दूताबासमा सम्पर्क गरेको कुवेत दुताबासले जनाएको छ। राजदुताबासले कम्पनी र परिवार संग समन्वय गर्दै मृतकको शब नेपाल पठाउने देखि अन्य कानुनी प्रक्रिया अगाडि बढाउन लागेको पत्रकार न्यौपानेले बताए ।

मृतकको शवलाई आवश्यक कानुनी प्रक्रियाका लागि फर्वानिया अस्पताल राखिएको न्यौपानेले नेपाल समाचारपत्रलाई बताए ।