जबर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ

0
Shares

न्युज अफ नेपाल, रसुवा ।

जिल्लाको गोसाइकुन्ड गाउँपालिका वडा नम्बर ५ का एक व्यक्तिलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोसाइकुन्ड गाउँपालिकाका ३६ वर्षका छोवाङ नाम्गेल घले रहेका छन ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा मङगलवार राति एक महिलालाई जबर्जस्ती करणी गर्न खोजेका थिए । ती महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र घलेको स्वास्थ्य परिक्षण गरी रसुवा जिल्ला अदालतमा करणी सम्बन्धि कसुरमा १५ दिनको म्याद थपि हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक ईन्द्र प्रसाद सुवेदीले बताउनु भयो ।