आरडीटी परीक्षणलाई प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्चमा रिट

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्दा र्‍यापिड डाइगनोष्टिक टेष्ट (आरडीटी) लाई पूर्ण रुपमा बन्देज लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता सन्तोष भण्डारी, ज्ञानेन्द्र आरनलगायतद्धारा बुधबार दायर गरिएको रिट निवेदनमा विश्व स्वास्थ्य संगठनले अस्वीकार गरेको आडिटी टेष्टलाई नेपालमा प्रयोग भइरहेको उल्लेख गर्दै त्यसलाई प्रतिबन्ध लगाउन आदेशको माग गरिएको छ ।

पीसीआरले मानिसको जीनको परीक्षण गर्ने उल्लेख गर्दै यसको विश्वसनीयता सत प्रतिशत हुने रिट निवेदनमा उल्लेख गरिएको छ । आरडिटी परीक्षण विश्वसनीय नहुने भएकोले भारत र यूरोपीयन देशमा यसलाई बन्देज नै लगाइएको रिट निवेदनमा जनाईएको छ ।

सरकारले भरपर्दो रुपमा रहेको पीसीआर परीक्षणलाई भन्दा विश्वास नभएको आरडीटीलाई बढी मात्रामा प्रयोगमा ल्याइरहेको उल्लेख गर्दै यसले गर्दा राज्यको सम्पत्ति अनावश्यक रुपमा खेर गइरहेको पनि रिट निवेदनमा दावी गरिएको छ ।