काफल खान जाँदा रुखबाट लडेर गम्भीर घाइते भएका युवकको उपचारमा सहयोग जुट्दै

0
Shares

शिक्षा पन्त, लमजुङ ।

काफल खान जाँदा रुखबाट लडेर गम्भीर घाइते भएका लमजुङ सदरमुकाम बेसीशहर नगरपालिका १ सानो धिमिरेका २० वर्षिय मनिष लोहनीलाई सहयोगी मन भएकाहरुले १ लाख भन्दाबढी सहयोग गरेका छन् ।

बेसीशहर–८ दनाईफाँट र बेसीशहर–२ गैरी क्षेत्रबाट १ लाख ९ हजार ४ सय २ रुपैयाँ सहयोग जुटेको हो । संकलित सहयोग रकम गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले बेसीशहर–२ गैरीका सूर्यबहादुर पराजुलीलाई सम्बन्धित परिवारसम्म पठाईदिनका लागि बुधबार हस्तान्तरण गर्नुभएको हो । बेसीशहरको शेरामा संचालन गरिएको सहयोग अभियानबाट ७१ हजार ९ सय ७६ र बेसीशहर–२ गैरी तथा राक्से थापा गाउँमा संचालन गरिएको सहयोग अभियानमा ३७ हजार ५ सय ३५ रुपैया रकम संकलन भएको थियो । मनिषको उपचारको लागि १५ देखि २० लाख रुपैयाँ खर्च लाग्ने भएपछि ईष्टमित्र साथीभाई तथा दयालु मन भएकाहरुलाई सामाजिक संजाल मार्फत लोहनी परिवारले सहयोगको लागि अुनरोध गरेको छ । सहयोगका लागी एनआइसी एसीया वैंक बेसीशहरमा अन्सुल बहादुर लोहनी को खाता नम्बर ७०५७०३८२३१४५२४०१ मा सहयोग गरिदिन घाइतेका वुबा विष्णुबहादुर लोहनीले अपिल गर्नुभएको छ ।

बेसीशहर नगरपालिका वडा नं १ को गाइखुरे झरना नजिकै रहेको भर्याङ खोला जंगलमा काफल टिप्ने क्रममा बैसाख १८ गते बिहिबार लडेर घाइते भएका लोहनीको जिल्लामा उपचार हुन नसकेपछि पुरानो मेडीकल कलेज भरतपुर चितवनमा रिफर गरिएको थियो । १८ गते बेलुका नै टाउको को शल्यक्रिया गरिएको र २३ गते घाँटीको शल्यक्रिया गरेर पाइप राखिएको छ । मनिषको बुधबारसम्म पनि होस नआएको उहाँको बुवा विष्णु बहादुर लोहनीेले बताउनुभयो ।