लकडाउन उल्लङघन गर्ने महिला जरिवानासहित क्वारेन्टाइनमा

0
Shares

शिक्षा पन्त, लमजुङ ।

जिल्लाको क्होलासोँथार गाउँपालिका १ बाग्लुङपानीमा एक महिलालाई जरिवाना सहित क्वारेन्टाइनमा राखिएको छ ।

लकडाउनलाई पुर्णरुपमा पालना गर्न र कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि वडाले बनाएको नियम उल्लङघन गर्ने मस्र्याङदी गाउँपालिका वडा नं २ घनपोखरा का मिना विकलार्ई रु.पाँच हजार जरिवाना सहित क्वारेन्टाइनमा राखिएको हो ।

एक गाउँ बाट अर्को गाउँ, एक वडा बाट अर्को वडा र एक स्थानिय तहबाट अर्को स्थानिय तहमा आवत जावतमा रोक लगाएको बेला नियम उल्लङघन गर्दै गाउँ प्रबेश गरेकोले जरिवाना सहित क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष पेमा गुरुङले बताउनुभयो । नियम उल्लङ्घन गर्दै मस्र्याङदी गाउँपालिका बाट क्व्होलासोंथार गाउँपालिका प्रवेश गरेपछि वडा नं १ को कोभिड १९ नियन्त्रण समितिको जरिवाना सहित क्वारेन्टाइनमा राखिएको हो ।

यसभन्दा अगाडि पनि नियम उल्लङ्घन गर्ने १८ जनालाई कारवाही गरिसकेको वडाले जनाएको छ । वडा नं–१ को कार्यलयले वडामा कोरोना भाइरसको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउदै आवात जावतमा कडाइ गरेको छ । वडामा सचेतना कार्यक्रम गर्नुका साथै घरमा पाउना राख्नेलाई पनि जरिवाना सहित क्वारेन्टाइनमा राख्ने गरेको छ ।

वडाले गाउँमा होहल्ला गरि भिडभाड गर्ने, अनावश्यक रुपमा घर बाहिर निस्कनेहरुलाई पनि कारवाही गरेको छ ।