न्युज अफ नेपाल, काठमाडौँ ।
संसद सचिवालय स्वास्थ्य सेवा विभागका संयोजकको सल्लाह अनुसार विहिवार सांसदहरुको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको छ ।
सचिवालय स्वास्थ्य सेवा विभागका डा. अमृत पोखरेलको संयोजकत्वमा गठीत टोलीले सांसदहरुको स्वाब परिक्षण गर्नुपर्ने प्रतिवेदन दिएपछि सांसदहरुको कोरोना परिक्षण भएको हो ।
शुक्रवारदेखि हुने संसद् अधिवेशनलाई ध्यानमा राखी अधिवेशन शुरु हुनु एक दिन अगाडि सांसदहरुलाई कोरोना संक्रमण भए नभएको पहिचानका लागि नमूना संकलन गरि प्रयोगशालामा पठाईएको संसद सचिवालयले जनाएको छ ।
लकडाउनकै अवधिमा संसद्को बजेट अधिवेशनलाई सुरक्षित बनाउने रणनीति अनुसार सांसदहरुको स्वाब परिक्षण गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया