लकडाउन बढाउँदै कुर्सी–विवाद मिलाउँदै

जेठ ५ गतेसम्म बन्दाबन्दी, उद्योगधन्दा भने खोलिने


नेपाल समाचारपत्र, काठमाडौं ।

संक्रमित नदेखिएको क्षेत्रमा लकडाउन खोलियोस् भन्ने जनताको माग बेवास्ता गर्दै सरकारले देशव्यापीरूपमा जारी लकडाउनको अवधि जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

तराईका केही क्षेत्रमा संक्रमितको संख्या बढेको देखाउँदै संक्रमण नदेखिएका अन्यत्र क्षेत्रमा पनि लकडाउन निरन्तर गरेर सरकारले जनतामा भोकमरी र मानसिक पीडा थपेको नागरिक समाजको टिप्पणी छ ।

नेपालमा बुधबारसम्म कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । लकडाउनकै कारण कोरोना संक्रमितको संख्या धेरै बढ्न नपाएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन खुकुलो नबनाउने नीति लिएको छ ।

भारतीय सीमानाकामा थप कडाइ गर्ने निर्णय गर्दै बैठकले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय हवाई उडान र सीमानाकामा आवागमनमा लगाएको रोकलाई जेठ १८ गतेसम्म लम्ब्याएको छ ।

सरकारको एक मन्त्रीका अनुसार आज २५ गते अर्थात् बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न पनि नागरिकलाई आग्रह गरेको छ ।

त्यसै गरी बैठकले वैशाख २६ गतेदेखि देशभरका उद्योग कलकारखाना खोल्न दिने निर्णय गरेको छ । उच्च सतर्कता अपनाएर उद्योग कलकारखाना खोल्न दिने निर्णय गर्दै सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग कलकारखाना भने सतर्कतापूर्वक खोल्न दिने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए ।

उनका अनुसार त्यसका लागि सम्बन्धित मन्त्रालयले निर्देशिका जारी गर्नेछ सो निर्देशिकाका आधारमा मापदण्ड पु¥याएर कलकारखाना सञ्चालन पाउनेछन् ।

‘सरकार तथा यसको नेतृत्व गर्ने दल नेकपा कोरोना संक्रमित नागरिकका लागि भन्दा कुर्सी बाँडफाँडका लागि बैठक बसिरहेको छ, जनताको विषयमा नभई आफ्नै मुद्दामा लागेको छ ।’ –नागरिक समाजका अगुवाहरूको टिप्पणी छ ।

 सञ्चालनमा आउने उद्योगहरु सूची यसप्रकार छ :

१. खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२. दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
३.औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४. खाने पानी उत्पादन गर्ने उद्योगहरु
५. इँटा उद्योग
६.पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७. खाने तेल तथा घ्यू उद्योग
८. चिनी उद्योग
९. चिया प्रशोधन उद्योग
१०. एलपीजी ग्याँस उद्योग
११. प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
१२. कफि उद्योग
१३. पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४. नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५. मसला उद्योग
१६. अलैंची र अदुवा प्रशोधन उद्योग
१७.कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८. धान चामल र चिउरा उद्योग
१९. दाल उद्योग
२०० पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१. खानी तथा खनिजजन्य उद्योग
२२. बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३. सिमेण्ट उद्योग
२४.आइरन तथा स्टिलउद्योग
२५. पेन्टिङ्गस ९रंगरोगन० उद्योग
२६. जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७. बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८. जुुस तथा हल्का पेयपदार्थ उद्योग
२९. प्लाइउड र भेनिर उद्योग
३०.विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१. जस्ता पाता उद्योग
३२. हेभी मेशीनरी औजार मर्मत संभार
३३. खनिजजन्य उद्योग र खानीहरु ९लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत०
३४. समिल र काष्ठ उद्योग
३५. आल्मुनियम उद्योग
३६. ग्रील उद्योग
३७. फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८. ढुवानी तथा कार्गो सेवा उद्योग
३९. मेसिन पार्टपूर्जा वर्कसप उद्योग
४०. मोटर ग्यारेज वर्कसप उद्योग
४१. छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२. सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
४३. विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
४४.औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग