अब कोरोना संक्रमणबाट जोगिन नियमको पालना गरौं

0
Shares

भगवती तिमल्सिना,काठमाडौं ।

कोरोना संक्रमणको चाप नेपालमा बढ्दै गएको छ । पछिल्लो समय भारतसँग सिमाना जोडिएका नेपालगंज, बाँके, वीरगंज, उदयपुर, झापा, सुदुर पश्चिमका धनगढी लगायतका जिल्लामा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित प्रमाणित भैरहेका छन् । नेपाल जस्तो अर्को मुलुकको सहयोग र सदभावको आधारमा चल्नुपर्ने देशमा कोरोना संक्रमितको संख्या बढ्दै जानुले आम नागरिक त्रसित बन्दै छन् । नदेखिने र नचिनीने सुष्म जिवाणुबाट फैलिएको कोराना भाईरसको संक्रमणका कारण यतिबेला विश्व नै आक्रान्त भएको छ ।

नेपाल जस्तो मुलुकलाई केही सहयोग मिले पनि २०७२ मा आएको भुकम्पमा जस्तो विश्वको व्यवहारिक सद्भाव रहने सम्भावना कम छ । यस्तो अवस्थामा नेपालमा माघ ९ गतेबाट प्रवेश गरेको कोराना भाईरसले अहिले सम्म आउँदा ९९ जनालाई थला पारिसकेको प्रमाणित भएको छ । अझै कति मानिस संक्रमित छन भन्ने बारेमा परिक्षण नै भएको छैन । परिक्षणका लागि आवश्यकता अनुसारको उपकरण, दक्ष जनशक्ति पनि छैन । यस्तो अवस्थामा जनता स्वयमले बुझेर सरकारले तोकेको लकडाउनको पालना गरि आफ्नो स्वास्थ्यको सरक्षा आफैले गर्नुको विकल्प छैन ।

यो भाईरसको नत औषधि बनेको छ नत खोपनै । जोगिने मात्र सामाजिक दुरी कायम गरि हात, मुख साबुन पानीले बारम्बार सफा गरेर र मुखमा माक्स लगाउने तातो पानी खाने, तातो पानीले कपडा सफा गरि घाममा सुकाउने, दैनिक नुहाउने, आवश्यक नपरी घरबाहिर नजाने र जानै परेमा सुरक्षा अपनाई शरिर पुरै ढाक्ने कपडा लगाउने, मुखमा माक्स, हातमा पन्जा, आँखामा चस्मा, गगल्स, कपाल ढाक्ने । बाहिरबाट घर फर्किएपछि राम्रोसँग हात, मुख, गोडा धुने, कपडा फेर्ने र बाहिर जाँदा लगाएको कपडा तुरुत सम्भव भएसम्म तातोपानीमा धोएर सुकाउ स्वास्थ्य विज्ञहरुको सल्लाह छ ।

आफुले नै सुरक्षा नअपनाउँदा लकडाउनको ४४ औ दिनमा पुग्दा वीरगंज, पर्सा निवासी २ महिना ३ बर्ष, ९ बर्ष, १२ बर्ष, १३ बर्ष १४ बर्षका बालबालिका, १७ बर्ष, ४० बर्ष, ४५ बर्ष, ६६ बर्षका पुरुष र ६ महिना, १३ बर्ष, १३ बर्ष, २९ बर्ष, ३२ बर्ष, ३५ बर्ष र ६२ बर्षका महिलाहरु कोरोना संक्रमित भै नारायणी अस्पताल, वीरगंजमा उपचार गराईरहनुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

बुधबार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भयो भने ६ जना उपचार पछि डिस्चार्ज भएका छन् । हाल नेपालमा ९९ जना संक्रमि प्रमाणित भएका छन भने २२ जना डिस्चार्ज भए । सेती अञ्चल धनगढीमा १ जना, कोशी अस्पताल बिराटनगरमा २५ जना, नारायणी अस्पताल, वीरगंजमा २६जना, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा २३ जना, कोरोना अस्पताल, वुटवल धागो कारखानामा १ जना, भरतपुर अस्पतालमा १ जना गरि ७७ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी गराउनुभयो ।

अस्पतालमा उपचार गर्ने भनेको कोरोनाको औषधि नै नबनेको अवस्थामा सामान्य ज्वरो बढ्न नदिने, सास फेर्न धेरै गाह्रो भएमा अक्सिजन दिने, मनोपरामर्श दिने, दम, खोकीका बिरामीलाई त्यसको औषधि दिने नै हो । त्यसैले सबैले आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको लागि सरकारले दिएको निर्देशनको पालना गरि घरभित्रै बस्ने र बाहिर निस्कनै परेपनि सुरक्षा अपनाएर मात्र निस्कनु नै रोग फैलनबाट जोगिने प्रमुख उपाय भएको कान्ति अस्पतालमा कार्यरत बालविशेषज्ञ डा.रामहरु चापगाई बताउनुहुन्छ ।

उहाँ थप्नुहुन्छ—अन्य मुलुकमा जस्तो बिरामीको संख्या ह्वात्तै थपियोभने नेपालका अस्पताल, स्वास्थ्यकर्मी धान्नै सक्दैनन । यस्तो अवस्थामा सरकारले लकडाउन गरेर राम्रो काम गरेको छ । यस्तो संयमित बिषयमा सबै जनताले सोच्नु, बुझ्नु र नियमको पालना गर्ने कतव्यय हुन आउँछ ।