एकल पुरूषलाई मासिक ५०० रुपैयाँ भत्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

एकल पुरूषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।

मेलम्चीको हेलम्बु गाउँपालिकाले श्रीमतीको मृत्यु भएका एकल पुरूषलाई आन्तरिक स्रोतबाट मासिक रु ५०० भत्ता उपलब्ध गराउने भएको छ । कार्यक्रमको सुरुवात गर्दै सो गाँउपालिकाको सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको छ । भत्ता वितरणका लाागि चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

एकल पुरूष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिकले भने दोहोरो भत्ता पाउने छैनन्।