सांसद अपहरण गरेको आरोपको उजुरी सरकारी वकिलको कार्यालयमा दर्ता

0
Shares

विकास भट्टराई,काठमाडौं ।

सांसद अपहरण गरेको आरोप लागेका सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा उजुरी दर्ता भएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ को उपदफा (१) बमोजि सो उजुरी सरकारी वकिलको कार्यालयमा दर्ता गरिएको हो । यस अघि सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका ती तीन जनाविरुद्ध उजुरी लिने सम्बन्धित प्रहरी कार्यालयले अस्वीकार गरेको थियो ।

सो उपदफामा प्रहरी कार्यालयले उजुरी नलिएमा सो कार्यालय भन्दा माथिको प्रहरी कार्यालय वा जिल्ला सरकारी वकिलको कार्यालयमा दर्ता गर्न सक्ने प्रावधान रहेको छ । अव सो उजुरी सरकारी वकिलको कार्यालयले सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।