बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा पक्राउ  


धनुषा,

बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-४ स्थितचन्दन आयरन स्टोरका संचालक सोही ठाउँ बस्ने १९ वर्षीय चन्चल चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले पसलबाट ५० बोरा र पसल नजिकै रहेको गोदामबाट विभिन्न ब्रान्डका ३ सय ७० बोरा सिमेन्टफेला पारीउक्त पसल र गोदामसमेत सिलबन्दी गरी संचालक चौधरीलाईपक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।