राजनीति दलले समय अगावै क्वारेन्टाइनमा रहेकालाई घर पठाए


सरस्वती न्याैपाने, रसुवा ।

रसुवाकाे गाेसाईकुन्ड गाउँपालिकाले पालिकाभित्रका तीन क्वारेन्टाइनमा रहेका ८४ जनालाई घर फर्काएकाे छ।

काठमाडौ तथा बाहिरि जिल्लाबाट वैशाख १३ गते ल्याईएका मानिसहरूलाई क्वारेन्टाइनमा राखिएको १४ दिन नपुग्दै हाेम क्वारेन्टाइनमा वस्ने गरि वैशाख २० गते कार्यपालिकाकाे वैठक वसि २१ गते गाउँपालिकाकाे धुन्चेमा रहेकाे कृषि भेटेनरि कार्यालयमा निर्माण गरिरहेकाे क्वारेन्टाइनमा रहेका ६७ जना स्याफ्रुवाट एक जना,टिमुरेमा रहेका १६ जनालाई घर फर्काईएकाे गाेसाईकुन्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले जानकारि दिनुभयाे ।

उहाँका अनुसार क्वारेन्टाइनमा वसेका हरूलाई हाेम क्वारेन्टाइनकाे सम्झौता फारम भराई पठाईएकाे छ भने सम्बन्धि वडाका वडा कार्यालयका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य र सम्बन्धि स्वास्थ्य चाैकिबाट नियमित अनुगमन गरिनेछ।

शनिवार नै कार्यपालिकाकाे बैठक वसेर हाेम क्वारेन्टाइनमा बस्ने गरि अाईतवार विहान ८४ जनालाई घर पठाईएकाे हाे । जिल्ला कै कालिका गाउँपालिकाले शनिवार नै ४७ जनालाई हाेम क्वारेन्टाइनमा बस्ने गरि घर पठाएकाे छ भने उता अामाछाेदिङमाे पालिकामा प्रक्रिया पूरा गरि घर पठाउने भने पनि समन्वय नगरि स्थानीय राजनीति दलले पालिकालाई जानकारि नदिई क्वारेन्टाइनमा रहेका लाई घर पठाएकाे छ,

उता नाैकुन्ड र उतरगया पालिकाले पनि नियम उल्लघन गरेपछि समय अगावै क्वारेन्टाइनमा रहेकाहरूलाई छाेड्न वाध्य भएकाे वताईएकाे छ ।