न्युज अफ नेपाल, धादिङ ।
जिल्ला प्रहरी कार्यलय धादिङले लकडाउनको अवधिका ६ थान एलईडी टेलिभिजन चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । एलईडी टेलिभिजन सहित उनीहरुलाई सिद्धलेक गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो ।
पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका ५ बस्ने २२ वर्षिय अभिषेक श्रेष्ठ‚ १९ वर्षिय श्याम श्रेष्ठ र २५ वर्षिय अजय श्रेष्ठ रहेका छन् । यस्तै १ जना भने फरार छन् । फरार व्यक्तिको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
लकडाउनको समयमा धादिङवेशीको विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएको धादिङ मण्डली यातायात प्रालिद्वारा संचालित बा ४ ख ७३८०‚ ना ४ ख २८९१‚ ना ६ख ९१३० र लु २ ख १९५४ नम्बरको ३ ओटा बसबाट एलईडी टेलिभिजन र म्यूजिक प्लेयर सहित उनिहरुलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
सिद्धलेक गाउँपालिकाको वडा नम्बर ५ पोखरीबाट चोरी गरिएका एलईडी टेलिभिजन ६ थान‚ म्यूजिक प्लेयर ३ थान‚ स्पिकर २ थान‚ चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान प्रहरीले बरामद गरेको छ ।
सामानहरु सहित उनीहरुहरुलाई बैशाख १८ गतेबाट लागु हुने गरी चोरी मुद्दामा धादिङ जिल्ला अदालतबाट दिन ७ दिको को म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।











प्रतिक्रिया