एकैदिन १६ जनामा कोरोना संक्रमण भएको पुष्टि


न्युज अफ नेपाल, नेपालगन्ज ।

नेपालगञ्जमा एकैदिन १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भए सँगै संक्रमितको संख्या नेपालमा ८४ पुगेको छ ।

आइतबार एकैदिन १६ जना थपिएर ७५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। आइतबार नेपालगञ्जमा १५ जना र वीरगञ्जमा एक जना कोरोना संक्रमित भएको पुष्टि भएको हो। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या १६ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।

 

एकै दिन १६ जना संक्रमित भेटिएको हुनुपर्नेमा अन्यथा भएकाले सच्चाईएको छ । नेपालगञ्जमा आज आइतबार मात्रै २४ जना संक्रमित भेटिएको र कूल संक्रमित संख्या ८४ पुगेको समाचार धेरै मिडियामा आएको छ। धेरै नेपालीहरुले एकदमै विश्वास गर्ने वर्ल्डोमिटर्स डट इन्फोले पनि संक्रमित संख्या ८४ पुगेको देखाएपछि त धेरैले यो समाचारलाई सही माने।

वर्ल्डोमिटरले आइतबार राति राखेको तथ्याङ्क विभिन्न मिडियामा आउने तथ्याङ्क हुन्। जसको कारण धेरै मिडिया चिप्लिन पुगे । त्यसैले स्वास्थ्य मन्त्रालयले आधिकारिक रुपमा दिएको तथ्याङ्कमात्र सही हुनेभएकाले हाम्रो न्युज पोर्टलबाट प्रकासित समाचारप्रति हामी क्षमा चाहन्छौँ।

सम्पादक

न्युज अफ नेपाल,