विषालु च्याउ खाएर चार विरामी


न्युज अफ नेपाल, नवलपरासी ।
पूर्वि नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा च्याउ खाएर चारजना विरामी भएकाछन् ।
शनिबार सांझ जङगलबाट खोेजेर ल्याएको च्याउ खाई विनयी त्रिवेणी ४ मा २३ वर्षीया सुनिता भण्डारी, १८ वर्षका पुरुषोत्तम भण्डारी विरामी हुभएको छ ।
यसरी नै सोही ठाउँका १४ वर्षका पविन रिजाल र ११ वर्षीया पुनम भण्डारी च्याउ खाई गंभीर विरामी भएको नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक मोहन बहादुर खांणले बताउनु भयो ।
च्याउ खाएर विरामी परेका ४ जनालाई गए राती नै मध्यविन्दु जिल्ला अस्पताल भर्ना गरिएकोमा स्थिति जटिल रहेकाले थप उपचारका लागि भरतपुर तर्फ पठाईएको प्रहरीले जनाएको छ ।