सुभेन्द्र दास, लहान ।
सिरहाको विष्णुपुर गाउँपालिका–४ थल्हाकटहास्थित शनिवार झुण्डिएको अवस्थामा एक युवाको मृत शव फेला परेको छ । मृतक विष्णुपुर गाउँपालिका–४ थल्हाकटहा बस्ने अन्दाजी २१ वर्षका सन्तोष कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले बताए ।
उनका अनुसार घटना भएको सूचना पाएपछि गएका प्रहरी टोलीले सन्तोषलाई मृत अवस्थामा झुण्डिरहेको देखियो । पिडित परिवारको कुरालाई उदृत गर्दै उनले भने,‘अरु व्यक्तिहरु रिसिवी साध्न हत्या गरि झुण्डाएको छ ।’
घटना रहस्मय बन्दै गएपछि थप परिक्षण गर्न शव धरान पठाइएको उनले थपे । घटनाबारे थप अनुसन्धान जारी राखेको भएपनि कुनै कारण खुल्न नआएको उनको भनाई छ ।











प्रतिक्रिया