नेकपा सचिवालय बैठक : प्रधानमन्त्री माफी माग्दै पद जोगाउँदै

0
Shares

मधुसूदन रायमाझी,काठमाडौं ।

सरकार सञ्चालनमा भएको कमजोरीको विषयलाई लिएर प्रधानमन्त्रीएवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले माफी (आत्मआलोचना) मागेर अहिलेको विवाद टुंग्याउनुभएको छ । सरकारले ल्याएको दुई अध्यादेशपछि बढेको आन्तरिक विवाद समाधान गर्न उहाँले आत्मआलोचना गर्नुभएको हो । सरकार गठन भएपछि प्रधानमन्त्री ओलीले पहिलो पटक पार्टीको सचिवालय बैठकमा कमजोरी गरेको स्वीकार गर्दै आत्मआलोचना गरेर दुवै पद जोगाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीओलीले आत्मालोचना गर्दै पार्टीलाई एकताबद्ध गरेर लैजानकमजोरी नदोहो¥याउने प्रतिबद्धता गर्नुभएको छ ।

*सचिवालय २४गते र स्थायी समिति २५ गते बस्ने
*उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय

पार्टीभित्रएकलौटी ढंगले अगाडि बढ्दै गएको भन्दै नेकपाभित्र प्रधानमन्त्री ओलीको आलोचना हुँदै आएको थियो । विवादास्पद अध्यादेश ल्याएपछि पार्टीको सचिवालय बैठकमा अध्यक्षपुष्पकमलदाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेताद्वयमाधवकुमार नेपाल र झलनाथखनालले राजीनामा नै माग्नुभएको थियो । सचिवालयमा उपाध्यक्ष वामदेव गौतमलाई कोरोनापछिको भावी प्रधानमन्त्रीको प्रस्ताव गरेर प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा ल्याएपछि नेकपाभित्रको विवाद तत्कालको लागि टरेको छ ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिस्ट मूल्य मान्यता अनुसार सञ्चालन गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले बैठकले सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्यहासिलगर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएको जानकारी दिनुभयो । पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमी कमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओलीले समेत आत्मालोचना गर्नुभएको छ, श्रेष्ठले भन्नुभयो ।

बैठकमा अर्का अध्यक्ष प्रचण्ड र अरु सचिवालय सदस्यहरुले पनि आत्मालोचना गरेर अगाडि बढ्ने नेकपाको निर्णय छ । बैठकले पार्टीलाई फुटन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागीनहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसैगरी बैठकले उपाध्यक्षबामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय समेत गरेको छ ।

सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णय कार्यान्वयन हुन नसकिरहेको बेलापुनःगौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय भएको छ । गत बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई कोरोनापछि प्रधानमन्त्री बनाउने प्रस्ताव राख्नु भएको थियो ।
प्रवक्ता श्रेष्ठले यही वैशाख २५ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको बताउँदै वैशाख २४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।

पार्टी भित्रको आन्तरिक विवादचर्किदै गएपछि प्रचण्ड–नेपालपक्षका २० जना स्थायी समितिका सदस्यहरुले तत्काल स्थायी कमिटीको बैठक बोलाउन लिखित रुपमा अध्यक्षद्वय ओली र प्रचण्डसँग माग गरेकाथिए । शनिवार बसेको सचिवालय बैठकमा पार्टीभित्रको विवाद मत्थर पार्नको लागि अध्यक्ष ओली र प्रचण्डको कुर्सी समान आसनमा राखिएको थियो ।

पार्टी एकतापूर्व नै दुवै अध्यक्षको हैसियत समानहुने भनिएपनि प्रचण्डले कार्यकारी भूमिकापाउन सक्नुभएको छैन । बुधवार सचिवालयबैठक हुनुअघि प्रधानमन्त्रीओलीले शीतलनिवासमापुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटवार्ता गरेलगत्तै प्रधानमन्त्री निवास वालुवाटारमा प्रचण्डसँग छुट्टै भेट गर्नुभएको थियो ।