नेकपा सचिवालय बैठक शुरु

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ।

सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला बहुप्रतिक्षित सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको सचिवालयको बैठकमा पार्टीभित्र देखिएको विवादको बारेमा छलफल सुरु भएको छ ।

चार दिन अघि बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनु पर्ने माग राखेपछि विवादले जटिल मोड लिएको थियो । प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई कोरोनापछि संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि नयाँ तरङ पैदा गरेको थियो ।

चार दिनको बीचमा प्रधानमन्त्री ओलीले शीर्ष नेताहरुसँग एक्लाएक्लै छलफल गरेका थिए । अन्नतः शनिवार सचिवालयमा बहुमत पुर्याउने नीति अन्तर्गत बामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन सफल भएका छन् । पार्टीका महासचिव विष्णु पौडेलले एक अनलाईनलाई दिएको अन्तर्वातमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछोडने खुलासा गर्नुभएको छ ।