सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री ओली शीतलनिवासमा

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

अध्यादेश पछि नेकपाभित्र चर्किएको विवाद समाधान गर्न सचिवालय बैठक सुरु हुनु पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

उनी केहीबेर अघि शीतलनिवास पुगेको राष्ट्रपतिको कार्यालयले पुष्टि गरेको छ । उनीहरुबीच अहिले भेटवार्ता भईरहेको छ ।पार्टीभित्रैबाट प्रधानमन्त्रीको राजीनामा मागिएपछि अप्ठेरोमा परेका ओलीले पछिल्लो समय संबैधानिक निकायका प्रमुखलाई पालैपालो भेट्दै आएका छन् ।