नेकपाको सचिवालय बैठक बस्दै : प्रचण्डलाई फकाउने ओलीको अन्तिम कसरत

0
Shares

मधुसूदन रायमाझी,काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युष्टि पार्टीभित्र चर्किएको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारण सरकार नै फेरबलदको खेल सुरु भएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टीका शीर्ष नेताहरुलाई फकाउने अन्तिम कसरतमा लाग्नुभएको छ ।

सरकारले अध्यादेश जारी गरेपछि असन्तुष्ट बन्नुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ माधव कुमार नेपालले समुहले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाटै राजिनामा दिन ओलीमाथि दबाब दिदै आउनुभएको छ । विवाद बढदै जादा प्रधानमन्त्री निवास वालुवाटार, प्रचण्ड निवास खुमलटार र नेपाल निवास कोटेश्वरमा गुटगत भेलाहरु पनि बढेको थियो ।

प्रचण्ड र नेपाल समुहले यसअघि बसेको सचिवालय बैठकमा स्थायी समिति बैठक बोलाएर अहिलेको समस्याको हल खोज्नु पर्ने बताएपछि प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई संविधान संशोधन गरेर प्रधानमन्त्री र वरिष्ठ नेता नेपाललाई तेस्रो वरियताको अध्यक्ष बनाउने नयाँ प्रस्ताव गर्नुभएको थियो ।
ओलीको उक्त प्रस्तावले नेकपाभित्र पुनः राजनीतिक तरङ कायमै छ ।

माधव नेपाल पक्षलाई फकाउने प्रयास असफल भएपछि अन्नततः पुरानै सहमति अनुसार प्रधानमन्त्री ओलीले बाँकी तीन बर्ष प्रचण्डलाई पार्टीको एकल अध्यक्ष चलाउन र आफूलाई प्रधानमन्त्रीमा निरन्तरता दिन प्रस्ताव गर्नुभएको थियो । प्रचण्ड र नेपाल ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने अडानमा कायमै रहनुभएको छ ।

उक्त अडान कायमै रहेपछि प्रधानमन्त्री ओलीले संसदीय दलमा आफ्नो बहुमत देखाउन सांसदहरुलाई हस्ताक्षर गराउन लगाउनुभएको छ । पार्टीको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतम निर्णायक भूमिकामा देखिनुभएको छ । स्थायी समिति र केन्द्रीय समितिमा प्रधानमन्त्री ओली अल्पमतमा रहनुभएको छ ।
पार्टीभत्र देखिएको आन्तरिक विवादको समाधान खोज्न आज सचिवालय बैठक बस्दैछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज साढे पाँच बजेको लागि सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो । यसअघि दिउसो साढे तीन बजेको लागि बैठक तय गरेपछि प्रधानमन्त्री ओली आन्तरिक गृहकार्यमा व्यस्त रहेका कारणले गर्दा बैठक दुई घण्टा धकेलिएको छ । बुधवार बसेको सचिवालय बैठकमा प्रचण्ड र नेपालले ओलीको रानिजामा मागेपछि विवाद थप बढदै गएको छ ।