सिरहाको बिष्णुपुर गाउँपालिकाद्वारा राहत वितरण

0
Shares

सुभेन्द्र दास, सिरहा ।

कोरोना संक्रमण बढ्न नदिन गरिएको लकडाउनका कारण दैनिक जीवन कष्टर बन्दै गएका विपन्न परिवारलाई सिरहाको विष्णुपुर गाउँपालिकाले राहत वितरण गर्ने अभियानको सुरुवात गरेको छ ।

राहत वितरणको पहिलो दिन वडा नं।१ का ३ सय २५ भन्दा बढि घरपरिवारलाई राहत वितरण भएको विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलदेव यादवले बताए । २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर खानेतेल, १ किलो चिनी र २ पीस हात धुने साबुनको प्याकेज बनाएर प्रत्येक परिवारलाई वितरण गरिरएको उनले जनाए ।

गाउँपालिकाको ५ वटै वडाका पन्द्र सय भन्दा बढि परिवारलाई लक्षित गरेर राहत वितरण गरिने गापा अध्यक्ष जागेश्वर यादवले बताए । ‘तथ्यांक संकलन गर्न समय लागेको हुँदा राहत वितरणमा केही ढिलाई भयो,’गापा अध्यक्ष यादवले भने,‘ढिलै भएपनि लकडाउनको नीतिलाई आत्मसात गर्दै दुरुस्तका साथ राहत वितरण हुनेछ ।’

राहतको रुपमा खाद्यान्न सामग्रीसँगै आउने दिनमा अवस्थालाई मध्यनगर गरेर गाउँ कार्यपालिकाको निर्णयबाट किसान तथा विपन्न वर्गलाई सुविधा प्रदान गरिने उनले जानकारी गराएका छन् ।