समाचार प्रभावः भत्किएका कुला पुनर्निर्माण हुँदा स्थानीय हर्षित

0
Shares

भूपराज बस्याल, स्याङ्जा । 

जील्लाको भीरकोट नगरपालिका–८ अन्तर्गत ढापुक फेदिदेखि सालिकोश गाउँजोड्ने करिव ३ किलोमिटर ग्रामीण कृषि सडक विस्तार गर्दा भत्किएका कुलाहरु मर्मत गरिएको छ ।

उक्त सडक विस्तार गर्दा चरम लापरवाहीभएको र भत्किएका १३ वटा कुला र्ममत नहुँदा किसानहरु मर्कामा पर्ने लगाएतका विषयमा बैशाख १२ गते नेपाल समाचारपत्र दैनिकको अनलाईन पोर्टल न्युजअफ नेपालमा समाचार प्रकाशित भएको थियो । सो समाचारलाई ध्यानाकर्षण गर्दै उपभोक्ता समितिका अध्यक्ष लगाएतका सदस्यहरुले किसानहरु साँच्चिकै मर्कामा पर्ने देखिएपछि उक्तकुलाहरु निर्माण गरेका हुन ।

विशेष गरि कृषिउपकरण ओसापसारका लागिनिर्मित उक्त सडकको सुरुदेखि अन्त्य सम्मकरिव १ सयजना भन्दा बढि किसानहरुको खति योग्य जमिन छ । सडक विस्तार गर्दा किसानले सिँचाइकालागि प्रयोग गर्ने कुला मासिएका थिए । तर त्यसलाई मर्मत गरेर किसनका समस्यालाई उजागर गरेको उपभोक्ता समितिका अध्यक्ष फत्तबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो , ‘रोपाई गर्ने बेलामा किसानहरु आत्तीने कुरा स्वभाविक हो । हामीले सडक निमार्ण अझै सकेका छैनौ । कुला बनाउने हाम्रो योजना पहिले नै थियो ।

उहाँले उक्त सडक आफुहरुसँग कुनै सहकार्य नभई विस्तार गरिएको भीरकोट नगरपालिकाका मेयर छायराम खनालले दिनुभएको अभिव्यक्ति गलत भएको पनि उहाँले बताउनुभयो । गुरुङले किसानहरुका समस्या समाधान गर्न पाउँदाहर्ष व्यक्त पनि गर्नुभयो । यसरी उहाँहरुले लकडाउनको बेलामा पनि किसानहरुको समस्या समाधान गरेकोमा स्थानीयकिसान ढिल्लीराम रेग्मीले आफु अत्यान्तै हर्षित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अब बर्खालागिसक्यो । रोपाई गर्ने बेला आउँदा चिन्ताला गेको थियो । तर समस्याहल भयो । यस्तै स्थानीय ठाकुरप्रसाद रेग्मीले ‘सडक विस्तार गर्ने अन्यथुप्रै विकल्पहरु थिए । यसरी सडक खन्दाहाम्रो विरोध पनि छैन । हामी विकास विरोधी पनि होइनौं । तर कुला बनाइनु पर्ने हाम्रो माग पुरा भयो ।’ त्यस्तै स्थानीय मोहन गुरुङले नगरपालिका भित्रका बिकासमा नगरपलिकाको सहकार्य छैन भन्ने नगरप्रमुखले अभिव्यक्ति दिनु लज्जास्पद कुरा भएको बताउनुभयो ।

बयरघारी बजारबाट ५, ६ किलोमिटर भित्र ग्रामीण कृषि सडकका नाममा परिचित उक्त सडकमा भने विरलै सवारी गुड्छन् ।