गोसाइकुण्ड गाउँपालिकाद्वारा दीर्घरोगीलाई निशुल्क औषधि वितरण

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

गोसाईकुन्ड गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका ६ वटा वडाहरूमा दीर्घरोगीलाई निशुल्क औषधि वितरण कार्य सुरू गरेको छ।

पहिलो चरणमा गाउँपालिका भित्र रहेका सबै घरहरूमा गएर बिरामिले प्रयोग गर्ने औषधिको तथ्यांक लिएको थियो । ६ वटा वडाका करिव चार सय दीर्घरोगीहरू रहेको र उनिहरूलाई वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवीका तथा स्वास्थ्य चौकिमा कार्यरत स्वास्थ्यकर्मि मार्फत औषधि पुराईने छ ।

गोसाईकुन्ड गाउँपालिकाले लकडाउनको समयमा दीर्घरोगीलाई औषधि खरिद गर्न समस्या हुने र औषधि समेत नपाईने भएकाले घर-घरमा औषधि पुराउन लागिएको बताइएको छ । यस कार्यबाट उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या लगाएत अन्य स्वास्थ्य समस्या भएका चार सय जना लाभान्वित भएका छन। गापाको  धुन्चे, स्याफ्रु बृद्विम, टिमुरे,  लाङटाङ, लगाएत निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका कर्मचारी रहेका छन।