काभ्रेबासीद्वारा विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य सामाग्री प्रदान

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

कोरोना भाइरस अथार्त कोभिड १९ बाट बचौं र बचाऔं भन्ने उदेश्यले काभ्रेपलाञ्चोक जिल्लालाई कोरोना मुक्त बनाई राख्न जिल्लाबासीहरुको तर्फबाट जिल्ला विपद ब्यवस्थापन समितिमार्फत विभिन्न क्षेत्रमा सहयोग पुग्ने गरी स्वास्थ्य सामाग्री उपलब्ध गराईएको छ ।

अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाजको तर्फबाट जिल्ला विपदब्यवस्थापन समितिलाई स्वास्थ्य सामाग्री उपलब्ध गराईएको काभ्रे सेवा समाजका अध्यक्ष केशवथापाले जानकारी दिनु भयो । ‘उपचार संभवन भएको र सङ्क्रमणबाट नै महामारी हुनसक्ने उक्त रोगको रोकथामको निमित्त थोरै सहयोग पुगोस् भन्ने अभिप्रायले काभ्रेपलाञ्चोक जिल्लामा कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि अन्तर्रा्ष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाज, काभ्रेले संयुक्त रुपमा सामाग्री उपलब्ध गराएका हौं’– अध्यक्ष थापाले भन्नुभयो–‘जिल्लामा भएका कामप्रति हामी सन्तुष्ट छौं । नागरिकहरुको सुरक्षाका लागि खटिनु हुने तीन तहकै सरकारका प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र नागरिक समाजका सम्पूर्ण क्षेत्रका ब्यक्तिहरुको मनोबल उच्च राख्ननिरन्तर सक्दो सहयोग गर्ने छौं ।’

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अधिकारी श्रवणकुमार तिमिल्सिनालाई समाजका तर्फबाट ग्लोब्स १ हजार ५ सय जोर, स्यानिटाईजर ५ लिटर, पुनःप्रयोग गर्न सकिने सर्जिकल माक्स ५ हजार ८ सय ३० जान र ज्वरो नाप्ने थर्मल गन तीन थान उपलब्ध गराईएको छ । थर्मल गनभकुण्डे बेसी, बनेपा प्रहरी चौकी र स्वास्थ्य कार्यालय पाँच खालकालागि उपलब्ध गराईने छ । नागरिकहरुको ओहोर दोहोर र जमघट धेरै हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै समाजका तर्फबाट उक्त सामाग्री उपलब्ध गराईएको हो । अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका कोषाध्यक्ष जेनकुमार लामाले जिल्लाबासीहरु अन्तराष्ट्रिय क्षेत्रमा रहेर विभिन्न स्थानमा सेवा गरिरहँदा पनि जोखिम मोलेरै जिल्लाका लागि थोरै भए पनि सहयोग गर्ने असल मनसायले उपलब्ध गराएको रकममार्फत जिल्लालाई सहयोग गरिएको बताउनु भयो । स्वास्थ्य क्षेत्रको संयोजक समेत रहनु भएका लामाले जिल्लाबासीहरुको स्वास्थ्य सुरक्षामा खटिनु हुने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु स्वास्थ्य सामाग्री अभावकै कारण नागरिकहरुको उपचार र उद्धारमा खटिन कठिनाई नहोस् भन्ने उदेश्यले सक्दो सहयोग गरिएको बताउनु भयो । आवश्यकताका आधारमा अझै सहयोग गर्ने उहाँले बताउनु भयो ।

समाजले जिल्लाबासी सर्वसाधरण, सबै स्थानीयतह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका सबै अंग (नेपाल प्रहरी, नेपाल शसस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग), स्वास्थ्य सँग सम्वन्धित सबै निकाय, संघीय एवं प्रदेश सरकार, संघीय एवं प्रदेश सभाका जिल्लाका  प्रतिनिधिहरु, रेडक्रस लगायतका गैरसरकारी संस्था, उद्योग वाणिज्य संघ, संचारकर्मी र सञ्चार क्षेत्र लगायत सबैको यथोचित सहयोग, सुझबुझ, सक्रियताका लागि धन्यवाद र आभार ब्यक्त गरेको अध्यक्ष थापाले बताउनु भयो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा काभ्रे सेवा समाजका संस्थापक अध्यक्ष प्रल्हाद केसी, अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका सर्वश्री दीपक खरेल, जेनकुमार लामा, विजय बस्नेत, मोहन विष्ट,काभ्रे सेवा समाज,काभ्रेका महासचिव निभराज जोशी, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमिल्सना, काभ्रे मावि बनेपाका शिक्षक सागर लामा लगायतको सहभागिता रहेको थियो ।

पत्रकारहरुलाई मास्क र स्यानिटाईजर

जोखिमपूर्ण अवस्थामा पनि सूचना, समाचार सम्प्रेषण गरिरहेका संचारकर्मीहरुका लागि अन्तराष्ट्रिय काभ्रे सेवा समाज र काभ्रे सेवा समाजले एन नाईन्टी फाईभ माक्स ५० थान र स्यानीटाईजर ५० थान अध्यक्ष मोतीराम तिमल्सिनालाई हस्तान्तरण गरिएको छ । काभ्रे सेवा समाजका पदाधिकारीहरुले उक्त सामाग्री अध्यक्ष तिमल्सिनामार्फत उपलब्ध गराएका हुन् । अध्यक्ष  तिमल्सिनाले प्राप्त सामाग्रीहरुलाई नियमित संचारकर्ममा खटिने संचारकर्मीहरुका लागि उपलब्ध गराउने बताउनुभयो । साथै समाजलाई सामाग्री उपलब्ध गराई दिएकोमा धन्यवाद ब्यक्त गर्नु भयो ।