पिताको स्मृतिमा विपन्नलाई राहत

0
Shares

घनश्याम बगाले,  नवलपरासी ।

आफ्ना स्वर्गीय पिताको स्मृतिमा पूर्वी नवलपरासी नेपाली कांग्रेस एक जिल्ला सदस्यले विपन्न परिवारलाई खाद्य सामाग्री बितरण गर्नु भएको छ ।

गैडाकोट निवासी समाजसेवी युवा कमल प्रसाद पराजुलीले स्थानीय वडा नं. ३ संग समन्वय गरी पिता दण्डपाणीको स्मृतिमा तात्रिबासका विपन्न ३३ घर परिवारलाई सो राहत वितरण गर्नु भएको हो ।

लम्विदो लकडाउनका कारण दैनिक गुजार गर्न समस्या भोगिरहेका घर परिवारलाई पराजुली द्धार वितरित राहत सामाग्रीमा दाल, चामल र तेल लगायतका खाद्य बस्तु रहेकाछन् ।

खाद्य सामाग्री वितरण कार्यमा नेका महासमिति सदस्य गजेन्द्र आले,क्षेत्रीय सभापति दो्रण वन सन्यासी, नगर अध्यक्ष तारापति खरेल लगायत तरुण दल तथा नेवि संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।