तिलोत्तमा नगरपालिकामा डायलासिस सेन्टर स्थापना गरिने

0
Shares

यमलाल भुसाल, बुटवल ।

बुटवलमा संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मृगौलासंगै एच.आई.भि.र हेपाटाइटिसका बिरामीको डायलासिसै गर्ने गरि तिलोत्तममा नेपालकै सबैभन्दा बढी क्षमता र सुविधासम्पन्न डायलासिस सेन्टर स्थापना गर्ने भएको छ ।

बिगत ५ वर्षदेखि मृगौलाका बिरामीहरुको उपचार र डायलाइसिस गर्दै आएको मुटु अस्पतालले हाल २० वटा मेसिनबाट चौविसै घन्टा सेवा प्रदान गरिरहेको छ ।

नयाँ बन्ने डायलाइसिस सेन्टरमा ७५ वटा मेसिन जडान गरिने छ भने रातीमा अब डायलासिस गर्न पर्ने छैन । टाढाबाट आउने बिरामीलाई २४ अ‍ै घण्टा डायलासिस सेवा प्रदान गर्न र विरामीलाई आउन जान समस्या भएकोले तिलोत्तमा नगरपालिकामा नयाँ डायलासिस सेन्टर स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको अस्पतालका अध्यक्ष एजाज आलमले बताउनुभयोे । अस्पतालमा रुपन्देही सहित नवलपरासी, कपिलबस्तु, अर्घाखाँची लगाएतका जिल्लाबाट समेत डायलाइसिस गर्न बिरामीहरु आउने गर्दछन् ।

नयाँ निर्माण हुने डायलासिस सेन्टरमा जडान गरिने ७५ वटा मेसिन मध्ये ६० वटा मेसिनबाट सामान्य अवस्थाका बिरामी र १० वटा मेसिनबाट एच.आई.भि.र हेपाटाइटिसका बिरामीको डायलासिस गरिने अस्पतालका वरिष्ठ मृगौलारोग बिशेषज्ञ डा.रजत कायस्थले बताउनु भयोे ।

हाल एच.आई.भि.तथा हेपाटाइटिसका बिरामीहरुको मृगौलाको डायलासिस गर्नुपरे काठमाण्डौ जानुपर्ने बाध्यता रहेको छ । त्यस्तै ३ वटा मेसिनअस्पतालका संस्थापक सदस्य तथा विशिष्ट ब्यक्ति लागि र २ वटा मेसिन इमरजेन्सी कक्षमा जडान गरिने छ ।

एकपटकमा डायलासिस गर्दा कम्तिमा ४ घन्टा समय लाग्ने भएकोले बिरामीहरुलाई सुविधायुक्त इलेक्ट्रिक बेड र हरेक बेडमा टेलिभिजन र वाइफाई जडान गर्नेगरीे योजना बनाइएको अध्यक्ष आलमले वताउनु भयो ।

कुल २५ करोडको लागतमा बनाउन लागिएको नयाँ डायलासिस सेन्टरमा प्रदेस सरकारले समेत सहयोग गर्ने अध्यक्ष आलमले बताउनु भयो ।