क्वारेन्टाइनबाट भागेको भीडमा थिए आज भेटिएका कोरोना संक्रमित

नेपालगन्जका चार स्थान सिल

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

६० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्जका चार स्थान सिल गरिएको छ ।

केही समय अघि भारतबाट फर्किएका करिब छ सात सय जना महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट भागेका थिए । सो भीडमा ती वृद्ध समेत रहेका खुलेको छ । नेपालगञ्जको धम्बोजी चोक, डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, र एकलैनी क्षेत्र सिल गरिएको छ । स्रोतका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित आफ्नो घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक अजानका लागि जाने गर्दथिए । उनको सम्पर्कमा आएका सबैको कोरोना जाँच गरिने भएको छ ।

यस्तै, रुपन्देहीमा भेटिएका कोरोना संक्रमित युवक पनि वैशाख ५ गते भारतबाट फर्किएको खुलेको छ । भारतबाट फर्किएका उनलाई मझगावामा रहेको जनता मावीको क्वारेन्टाइनमा राखिएको थियो । उनका परिवार सदस्यलाई भने कोरोना संक्रमण देखिएको छैन । उनको सम्पर्कमा आएकासबै व्यक्तिको खोजी भइरहेको छ । संक्रमित दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।