रसुवागढी हाइड्रोपावरमा कार्यरत एक मजदुरको सूर्यकुण्ड फेदिबाट सकुशल उद्दार

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको गोसाईकुन्ड गाउँपालिका वडा नम्बर २ स्थित टिमुरेमा निर्माणाधीन १११ मेगावाट रसुवागढी हाइड्रोपावरमा काम गर्ने एक मजदुरको आज सुर्यकुण्ड फेदिबाट सकुशल उद्दार गरिएको छ ।

गोसाईकुन्ड तर्फको पैदलमार्ग हुँदै आफ्नो जिल्ला सिन्धुपाल्चोक हिडेका ३० वर्षका सुरज लामालाई उद्दा गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । लकडाउनका कारण सडक मार्गमा कुनै पनि सवारि साधन नचलेपछि उनी आयोजना स्थलहुँदै घर गएका थिए । त्यहाँबाट हिडेको लामो समयसम्म पनि लामा आफ्नो गन्तव्यसम्म नपुगेको प्रहरीले जानकारी पाएको थियो । जानकारीपछि लामाको खोजीमा ज्टेको प्रहरीले उनलाई सूर्यकुण्डको फेदमा फेला पारेको हो । लामाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

हिमपातमा फसेका उनलाई थप उपचारका लागि काठमाडौँ स्थित सिभिल अस्पताल पठाईएको प्रहरी प्रमुख ईन्द्र प्रसाद सुवेदीले बताउनुभयो।