नर्सिङ संघका पूर्व अध्यक्ष राई वीर अस्पतालको आईसीयूमा उपचाररत

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

लामो समय देखि मृगौलाको समस्याका कारण डाईलासिस गराउँदै आउनुभएकी नेपाल नर्सिङ संघकी पुर्व अध्यक्ष विष्णु राई केहिदिन देखि वीर अस्पतालमा सघन उपचार कक्षमा उपचार गराईरहनुभएको छ । जटिल अवस्थामा अस्पताल भर्ना हुनुभएको राईको हिजो सम्म सघन उपचारकक्ष (आईसीयू) मा राखी उपचार गराईरहेको भए पनि आज केही सुधार भएको जानकारी प्राप्त भएको अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले बताउनुभयो ।

उहाँले लामो समयदेखि मृगौलाले राम्रो काम नगरेका कारण डायलासिस गर्दै आउनुभएको थियो । वीर अस्पतालका नर्सिङ निर्देशक गोमा निरौलाले राईलाई विहिवार भेट्दा उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र भेन्टिलेटरमै उपचार गराईरहेको थियो भन्नुभयो ।

डा.सेन्चुरीका अनुसार राईको स्वास्थ्य अवस्थामा सुधार आएका कारण आईसीयू २ बाट आईसियू १ मा सारेर उपचार भैरहेको छ । राई ललितपुर नर्सिङ कलेजको पूर्व डीन समेत हुनुहुन्छ । हिमालयन नर्सिङ कलेज ग्वार्कोका संस्थापक समेत हुनुहुन्छ । ७७ बर्षिय राई ताप्लेजुङमा जन्मिएर १५ बर्षको उमेर देखि ५७ बर्ष सम्म अनवरत रुपमा ललितपुर नर्सिङ कलेजमै जीवन बिताउनुभएको व्यक्ति हुनुहुन्छ ।